coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सुन तस्करीका नाइके पक्रन गृहमन्त्रीको निर्देशन

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबार सुरक्षा निकायका प्रमुखलाई सुन तस्करीको जरैसम्म पुगेर अनुसन्धान तथा कारवाही गर्न निर्देशन दिएका छन्। गृहमन्त्री निधिले शुक्रबार गृह सचिव , प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका एआईजी र सिआईबी प्रमुखलाई बोलाएर सुन तस्करीका नाईके पक्राउ गर्न निर्देशन दिएका हुन्।

निधिका प्रेस सल्लाहकार रामजी दाहाल शुक्रबार भएको छलफलपछि सुन तस्करीले मन्त्रलायलाई समेत असर परेकाले यसका नाईकेसम्म खोज्ने जिम्मा केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको जानकारी दिए। उनले सुन तस्करीमा संलग्न संगठित गिरोह सक्रिय रहेको जानकारी सुरक्षा निकायले दिएपछि चाडोभन्दा चाडो मुख्य समुह पहिचान र कारवाहीका लागि निर्देशन भएको हो।

पक्राउ परेकालार्ई संगठित अपराधमा मुद्दा चलाउने, प्रहरीले पहिलो पटक राजस्वलाई नबुझाई आफै अनुसन्धान गर्न थाल्याे

गृहमन्त्रीको  सचिवालयमा भएको बैठकमा गृह सचिव लोकदर्शन रेग्मी, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, राष्ट्रिय अनुसन्धान विभागका एआईजी गणेशराज अधिकारी र ब्युरोका प्रमुख नवराज सिलवाल उपस्थित थिए। महानिरीक्षक अर्याल बैठकअघि शुक्रबार बिहानै आफै ब्युरोमा गएर सुन तस्करीका सम्बन्धमा आवश्यक निर्देशन दिएका थिए।

प्रहरीले बिहीबार विमानस्थलबाहिरबाट बरामद गरेको ३४ किलोग्राम सुन र पक्राउ ब्यक्तिलाई राजस्वमा नबुझाएर आफै अनुसन्धान थालेको छ। ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले पक्राउ परेका ब्यक्तीलाई संगठित अपराध ऐन अन्तर्गत कारवाही प्रक्रिया अघि बढने बताए।  

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले  संयुक्त अरब इमिरेटस(युएई) बाट आएका एक यात्रुको लगेजमा दुईसय ८२ थान सुनका बिस्कुट बिहीबार बरामद गरेको हो। ब्युरोको टोलीले एयर अरेबियाको उडानमा दुबईबाट काठमाडौं आएका नेपालगञ्जका युवा गोपालबहादुर शाहीको लगेजमा उक्त सुन बरामद गरेको हो। ब्युरोले सुन लिन जाने दुईजनालाई समेत पक्राउ गरेको छ।

ब्युरोका एसपी मिरा चौधरीका अनुसार शाहीलाई विमानस्थल क्षेत्रभन्दा बाहिर पिङगलास्थानबाट नियन्त्रणमा लिईएको हो। दुबईबाट अवैध रुपमा भित्रिएको सुन लिन गएका दिलबन्दु थापा र सन्तोष काफ्ले बा ४ च ९११४ नम्बरको टेरियस गाडीसहित पक्राउ परेका छन्।

प्रहरीले शाहीले ल्याएको लगेजमा काटो टेपले बाधेको अवस्थामा सुनका बिस्कुट करिब ३१ किलोग्राम र तीन किलोग्राममा बनिबनाउ गहना बरामद गरेको हो। ब्युरोका अधिकारीका अनुसार  १९ थान औठी र १८ थान सुनका सिक्री बाहिरी भागमा र सवारीसाधनका पार्टसमा लुकाएर सुनका बिस्कुट ल्याईएको हो।

प्रकाशित: २२ पुस २०७३ १३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App