८ वैशाख २०८१ शनिबार
राजनीति

चिकित्सक भन्छन् : 'प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज गर्न सकिँदैन'

काठमाडौं- दोस्रो पटक मृगौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई तत्काल डिस्चार्ज गर्न नसकिने चिकित्सकहरुले बताएका छन्। गत बुधबार मृगौला प्रत्यरोपण गराएका ओलीको स्वास्थ्य सूचकांकहरु समान्य भएपनि तत्काल डिस्चार्ज गर्ने मिति तोक्न नसकिने चिकित्सकहरुले बताएका हुन्।

प्रधानन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले अपेक्षाकृत सुधारका लक्षण देखिएको भनिएपनि डाक्टरहरुलाई डिस्चार्ज गर्नुपर्छ भन्ने एकिन नहुँदासम्म डिस्चार्ज गर्न नसकिने बताइन्। 'अहिलेको अवस्था हेर्दा चाँडै डिस्चार्ज गर्न सक्छौँ। भोली नै पर्सी नै भनेर मिति तोक्न सकिँदैन तर छिटो भन्दा छिटो डिस्चार्ज गरेर पठाउँछौँ’, उनले भनिन्। डा. शाहले अहिले नै डिस्चार्ज गर्दा हुने भएपनि घरमा समेत अस्पतालको जस्तै व्यवस्थापन गर्नुपर्ने भएकाले केही समय लाग्ने बताइन्। परिवारले समेत घरमा व्यवस्थापन गर्नुपर्ने भएकाले केही दिन अस्पतालमा राख्न आग्रह गरेको उनले बताएन्।

प्रधानमन्त्री ओलीले एक महिना सावधानी अपनाउनुपर्ने डा. शाहले बताइन्। औषधिको डोज बढी भएका कारण संक्रमणको खतरा रहेपनि पहिले पनि प्रत्यारोपण गरेको र परिवारलाई समेत त्यस सम्बन्धि ज्ञान भएकाले संकट नआउने उनले बताइन्। डा. शाहले रुघाखोकी र अरु संक्रमण भएका व्यक्तिहरुबाट जोगिनुपर्ने बताइन्। सामान्य मान्छेहरु जस्तै सक्रिय हुन ६ महिनादेखि वर्षदिनको समय लाग्ने उनले बताइन्।

मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा सार्वजनिक सञ्चार माध्यमहरुमा विभिन्न टिकाटिप्पणी हुन थालेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारको अगुवाईमा प्रत्यारोपणमा संलग्न चिकित्सकहरुसँग पत्रकारहरुको अन्तरक्रिया गराइएको हो।

प्रकाशित: २७ फाल्गुन २०७६ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App