८ वैशाख २०८१ शनिबार
समाज

सानालाई कारबाही देखाएर ठूलालाई उन्मुक्ति दिन चलखेल

काठमाडौं– विमानस्थलबाट सुन तस्करी काण्डमा साना कर्मचारीलाई कारबाही गरेको देखाएर मुख्यलाई उन्मुक्ति दिने चलखेल सुरु भएको छ। भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले  अनुसन्धान भन्दै २९ जना कर्मचारीलाई निलम्बन गरेको छ। यस्तै विभागले एकजना उपमहानिर्देशकको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ।

हवाई तथा स्थल मार्ग भएर नेपाल भित्रने अवैध सुनमा भन्सार, सुरक्षा निकाय र तस्करको गोप्य सेटिङमा हुने गरेको तथ्य  विहिबार पुष्टि भएको थियो। प्रहरीले विमानस्थल भन्सार जाँच पास भएर आएको एक यात्रुको लगेजबाट ३४ किलो सुन बरामद गरेपछि लामो समयदेखि चल्दै आएको सेटिङ छताछुल्ल भएको हो।

उच्च स्रोतका अनुसार सुन तस्करीमा भन्सार विभाग, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय देखि अर्थ र गृहमन्त्रालयका उच्च अधिकारीको संलग्नता देखिएको छ।

उच्च स्रोतका अनुसार सुन तस्करीमा भन्सार विभाग, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय देखि अर्थ र गृहमन्त्रालयका उच्च अधिकारीको संलग्नता देखिएको छ। सुन ल्याउने ब्यक्तीलाई तस्कर समूहले ‘चेकजाँच भए बनिबनाउ सुन दिनु हामी छुटाउँछौं’ भन्ने आश्वासन दिएको र लगेजमा आएको सुन बिनाकुनै चेकजाँच पास हुनुले उच्च तहको तस्करीमा सक्रियता रहेको देखिएको छ।

विभागले उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा कुलराज ज्ञवाली, टंक पाण्डे,  मन्त्रालयको कानुन शाखाका प्रतिनिधी र पुण्यविक्रम खड्का सम्मिलित छानबनि समिति बनाएको हो। विभागका महानिर्देशक शिशिरकुमार ढुङगानाले घटनाका बिषयमा तत्काल अनुसन्धान समिति बनाएर छानबिन सुरु भएको जानकारी दिए। यस्तै विमानस्थल भन्सार प्रमुख नारायणप्रसाद सापकोटाले उपसचिवदेखि कार्यालय सहयोगीसम्म २९ जनालाई कामबाट हटाएर अनुसन्धान भै रहेको जानकारी दिए।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अर्थ सचिव शान्ताराज सुवेदीको निर्देशनमा तत्काल घटना थामथुम बनाउन छानविन समिति बनाईएको हो। घटनाको बिस्तृत अनुसन्धान र दोषी उपर कारवाही भन्दा छानविन समिति घटनाको तत्काल प्रभाव घटाउन विगतमा जस्तै सक्रिय हुनेछ। ‘केही समयअघि मात्रै सरुवा भएर गएका भन्सार प्रमुख र लामो समयदेखि विभागमा रहेका महानिर्देशकलाई सुन तस्करीको नालिबेली थाह छ, अहिले पत्रपत्रिका मार्फत दवाब बढेपछि छानविन समिति बनेको हो,’ स्रोतले भन्यो।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले संयुक्त अरब इमिरेट्स (युएई) बाट आएका एक यात्रुको लगेजमा दुईसय ८२ थान सुनका बिस्कुट विहिबार  बरामद गरेको थियो। ब्युरोको टोलीले एयर अरेबियाको उडानमा दुबईबाट काठमाडौं आएका नेपालगञ्जका गोपालबहादुर शाहीको लगेजमा उक्त सुन बरामद गरेको थियो। ब्युरोले सुन लिन जाने दुई जनालाई समेत पक्राउ गरेको छ। शाहीलाई विमानस्थल क्षेत्रभन्दा बाहिर पिङगलास्थानबाट नियन्त्रणमा लिईएको थियो। दुबईबाट अवैध रुपमा भित्रिएको सुन लिन गएका दिलबन्दु थापा र सन्तोष काफ्ले बा ४ च ९११४ नम्बरको टेरियस गाडी सहित पक्राउ परेका थिए।

प्रहरीले शाहीले ल्याएको लगेजमा कालो टेपले बाँधेको अवस्थामा सुनका बिस्कुट करिब ३१ किलोग्राम र तीन किलोग्राममा बनिबनाउ गहना बरामद गरेको थियो। ब्युरोका अधिकारीका अनुसार  १९ थान औंठी र १८ थान सुनका सिक्री बाहिरी भागमा र सवारीसाधनका पार्टसमा लुकाएर सुनका बिस्कुट ल्याईएको थियो।

 

 

प्रकाशित: २२ पुस २०७३ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App