६ वैशाख २०८१ बिहीबार
राजनीति

संसदबाट राष्ट्रहित विपरीतको प्रस्ताव पारित हुन दिन्नौ: अध्यक्ष ओली

काठमाडौं-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट राष्ट्रहित विपरिका प्रस्ताव पारित हुन नदिने बताएका छन्। एमाले नेतृत्वमा नौ दलद्वारा राजधानीमा आयोजिक सभालाई सम्वोधनलाई ओलीले संसदमा एमाले हुन्जेल राष्ट्रहित विपरितका काम नहुने बताए।  

सरकार निर्वाचन गरेर संविधान कार्यान्वयन गर्न तर्फ भन्दा सरकारको आयु लम्व्याउन तर्फ लागेको उनले आरोप लगाए। '०७४ सालको मंसिरभित्र निर्वाचन गरिसक्नु पर्छ। तर सरकारलाई आयु लम्व्याउनु छ', उनले भने, 'अनुचित उदेश्यका साथ बनेको सरकार अनुचित कार्य गर्दैछ। निर्वाचन गराउनु पर्ने बेला संविधान संशोधनमा लागेको छ।'

संविधान  जारी भए पनि संविधान कार्यान्वयन नभएको बताउँदै उनले त्यसको लागि संविधानले तय गरेका निकायहरु गठन गर्नु पर्ने बताए। त्यसको लागि निर्वाचन गर्नु पर्ने उनको धारणा छ।

०७४ साल माघ ७ गते सम्म निर्वाचन हुन सकेन भने प्रधानमन्त्रीको पद कामचलाउ पनि नरहने र देशमा संवैधानिक संकट आउने उनले बताए।

संविधान  जारी भए पनि संविधान कार्यान्वयन नभएको बताउँदै उनले त्यसको लागि संविधानले तय गरेका निकायहरु गठन गर्नु पर्ने बताए। त्यसको लागि निर्वाचन गर्नु पर्ने उनको धारणा छ।

संशोधन प्रस्तावले कहीँ कतै पनि निर्वाचन गराउन सहयोग नगर्ने ओलीको धारणा थियो। 'हिजो संविधान च्यात्नेहरु, संविधान जारी गर्न नदिनेहरुनै संशोधन नगरि निर्वाचन हुन निदने भनेको के?' उनले प्रश्न गर्दै भने, 'यहाँ अत्यान्तै हानिकारक उदेश्य छ, षडयन्त्र छ।'

संविधान संशोधनको नाममा तासका पत्ता फ्याँके जस्तै भएको ओलीले बताए। राष्ट्रिय हित विपरित ल्याइएको यो प्रस्तावले  मैथली भोजुपुरी भाषा माथि प्रहार गर्दै हिन्दिलाई माथि ल्याउन खोजिएको आरोप लगाए। संविधान संशोधन गर्न सकिने दस्तावेज भए पनि देश र जनताको हितको लागि संशोधन गर्न पर्ने उनले बताए।  

सत्ताधारी दलका नेता झुठ बोलेर हिँडेको उनले बताए। प्रधानन्यायधीशले प्रधानमन्त्रीलाई भेटेर सुझाव दिने काम नभएको ओलीले बताउँदै भने, 'भ्रष्ट्राचारका कुरा उठ्दा प्रधानमन्त्रीले भन्नु भयो: अख्तियार पनि मिलाए अदालत पनि मिलाएँ। यो कस्तो ग्रैह जिम्मेवारी हो।'

तराई र पहाडबीचमा अविश्वास पैदा गर्ने अनेकन प्रयास भएको उनले बताए। तराईका नाममा राजनीति गरेर दुनो सोझ्याउन पल्केकाहरुले सोच्न जरुरी भएको उनले बताए। 'तराईका जनता चुपचाप छन् भनेर अल्मलाउन नखोजे हुन्छ', ओलीले भने 'नेकपा एमालेले राष्ट्रिय हितलाई तलमाथि हुन दिने छैन।'

 

 

 

 

प्रकाशित: २२ पुस २०७३ ११:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App