७ वैशाख २०८१ शुक्रबार
कला

सेलेनाले गरिन् खराब दिनको स्मरण

न्युयोर्क – गायिका सेलेना गोमेजले आफूलाई मनपर्ने कोल स्प्राउजसँग काम गर्दाको अनुभव सुनाएकी छन्। ‘केली क्यार्कसन सो’ मा सहभागी उनले आफ्नो बाल्यकालको क्रस कोल स्प्राउजका जुम्ल्याहा भाइ डिलन स्प्राउजसँग काम गर्दाको अनुभव सबैभन्दा खराब रहेको बताएकी थिइन्।

उनी सन् २००६ मा जुम्ल्याहा दाजुभाई स्प्राउजको ‘द सुट लाइफ अफ ज्याक एन्ड कोडी’ मा विशेष भूमिकामा देखिएकी थिइन्। अभिनेता कोलका बारे उनले भनिन्, ‘अभिनेता कोडीको त्यो सोलाई लिएर म आत्तिएकी थिएँ। हामी एक दिन एक हुन्छौंजस्तो लाग्थ्यो।’ ‘म मिडसमर्र नाइटमेयर’ शीर्षकको एपिसोडमा गायिका गोमेज गोभेनको भूमिकामा देखिएकी थिइन्। जसले अभिनेता कोललाई नभएर डिलनलाई किस गर्नुपर्ने थियो। ‘क्यामेराको अगाडि त्यो मेरो पहिलो स्क्रिन किस थियो। जुन मेरो जीवनको सबैभन्दा खराब दिनहरूमध्ये एक थियो,’ उनले भनिन्।

गत महिना ‘लस यु टु लभ मी’ गीत सार्वजनिक गरेलगत्तै उनी र गायक जस्टिन बिबरकी श्रीमती मोडल हेली बल्डिविनबीच वाक युद्ध चलेको थियो। सामाजिक सञ्जालमा उनले मोडल हेलीको प्रतिकार गर्दै सकारात्मक सोचलाई सबैले मनपराउने उल्लेख गरेकी थिइन्। यसअघि विवाहित गायक बिबर उनीसँग भेट्न प्रयासरत रहेको समाचार बाहिरिएको थियो। कान्स फिल्म महोत्सवदेखि गायक बिबर गायिका गोमेजसँग भेट्न तत्पर देखिएको समाचार आएपछि मोडल हेलीले कुनै प्रतिक्रिया दिएकी थिइनन्।

डिप्रेसनको उपचार गराई रहेका गायक बिबर गायिका गोमेजलाई आफू कस्तो स्थितिबाट गुज्रिरहेको छु भनेर बताउन आतुर रहेको र उनीबाट सुझावको अपेक्षा गरिरहेका छन्। सन् २०१८ को मे महिनामा उतार चढावबाट गुजिरहेको बिबर र गोमेजको प्रेम सम्बन्ध ब्रेकअपमा गएर टुँगिएको थियो। सोही वर्षको नोभेम्बरमा उनीहरूको ब्रेकअपलगत्तै बिबरले हेली विवाह गरेका थिए। त्यसअघि गायिका गोमेजले सन् २०१६ मा बिबरले आफूलाई धेरै पटक धोको दिइसकेको कुरा सामाजिक सञ्जालमा उल्लेख गरेकी थिइन्।

प्रकाशित: २७ फाल्गुन २०७६ ०५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App