coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हतियारसहित दुई जना पक्राउ

रौतहट - प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। गढिमाइ नगरपालिका वडा नम्बर ६ स्थित बागमति पुलबाट दुर्इ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सर्लाही धनकौल गाउपालिका ६ का २८ वर्षिय राजेश महरा र २१ वर्षीय जयनारायण राम छन्। राति ९ बजेको समयमा हतियारसहित रौतहटतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने एसएलआर को ३ थान गोली बरामद भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रकाशित: २७ फाल्गुन २०७६ ०५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App