coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारी बर्षा र बाढीबाट दक्षिणी थाइल्याण्डमा ६ को मृत्यु

बैकक-दक्षिणी थाइल्याण्ड अबिरल बर्षा र बाढीको कारण कम्तीमा ६ व्यक्तिको मृत्यु भएको छ । यस प्रकोपको कारण उडानसेवाहरु समेत ढिला भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

एक हप्तायतादेखि जारी भारी बर्षा र त्यसपछि आएका बाढीको कारण दक्षिणी थाइल्याण्डको नौ वटा प्रान्त प्रभावित भएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस भारी बर्षा र बाढीको कारण ६ व्यक्तिको मृत्यु हुनुको साथै कम्तीमा १ लाख २० हजार घरपरिवार प्रभावित भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

दक्षिण थाइल्यान्डको समुइमा रहेका एक पाहुना (गेस्ट हाउस) का मालिकले कैयौ द्विप इलाका प्रभावित हुृने गरी आएको यो एक दशक भन्दा बढी समययताको भारी बर्षा र बाढी भएको जानकारी दिएका छन् । करिब १२ बर्षअघिदेखि आफू सो इालाकामा बस्दै आएको र यस प्रकारको प्रकोप नदेखेको उनले जानकारी दिएका छन् ।

जारी यस प्रकोपको कारण भएका उडान सेवा रद्दका कारण आफ्ना पाहुना घर भरिएको पनि उनले बताएका छन् ।- रासस/एएफपी

प्रकाशित: २२ पुस २०७३ ०८:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App