८ वैशाख २०८१ शनिबार
राजनीति

सरकार गिराउने खेलले मुलुक बर्बाद : दाहाल

बनेपा— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार बनाउने र गिराउने खेलले देशलाई बर्बाद पार्ने जनाएका छन्। सरकार परिवर्तनको चर्चा चलिरहेका बेला काभ्रेको उग्रचण्डी नाला गाविसमा आयोजित कार्यक्रममा उनले भने, ‘एउटा सरकार गिराउने र अर्को बनाउने खेलले नेपाललाई बरबाद पार्छ।’

एमालेसँग भएको सहमतिको प्रसङ्ग उल्लेख गर्दै उनले सहमितका लागि त्याग हुने स्थिति आएन भने जुन जुन मुद्दामा सहमति हुन्छ त्यसमा सहमति गरेर जानुको विकल्प नरहेको उनले जनाए। जनआन्दोलनका शहीद भीमसेन दाहाल र माओवादी शहीद रामेश्वर श्रेष्ठको सम्झनामा निर्मित शहीद गेट उद्घाटन गर्न आएका अध्यक्ष दाहालले काांग्रेस वा एमाले दुवैले सहमति दिए आफू प्रधानमन्त्री बन्न तयार रहेको संकेत गरे। ‘यदि नेपाली कांग्रेस र एमालेले विश्वास गरिदिने हो भने त्यो भूमिका खेल्न पनि माओवादी तयार छ’, उनले भने।

एक फरक प्रसंगमा उनले आफू प्रधानमन्त्री बन्न नहतारिएको प्रस्टिकरण दिए। नेपालमा निकै जोखिमपूर्ण राजनीतिक यात्रा भइरहेको उल्लेख गर्दै उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रको संविधान असफल होला भन्ने चिन्ता छ। यतिखेर प्रचण्ड प्रधानमन्त्री बन्न हतारिएको होइन। सवाल प्रधानमन्त्रीको पनि होइन।’

शहीद गेट उपभोक्ता समितिमा रहेका एमाले र कांग्रेसका नेताहरुले दाहाल समक्ष फरक फरक प्रस्ताव र सवाल राखेका थिए। कांग्रेस नेताहरुले दाहाललाई प्रधानमन्त्री बन्नुपर्ने प्रस्ताव गरेका थिए भने एमाले नेताहरुले वर्तमानको आवश्यकता सरकार परिवर्तन नभएको भन्दै राष्ट्रिय राजनीतिको भविष्यबारे प्रश्न गरेका थिए। दाहालले दुवै दलका नेताहरुको सवालको जवाफ दिएनन्।

सरकारले मात्र पुनःनिर्माण गर्न सकेन
सरकारको मुख्य सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष दाहालले ब्युरोक्रेसी र राजनीतिक दलको कार्यशैलीका कारण भूकम्पपछिको पुनःनिर्माण कार्य एक प्रतिशत पनि सम्पन्न हुन नसकेको जनाए। ‘ब्युरेक्रेसी र राजनीतिक दलका कार्यशैलीले पुनःनिर्माण कार्य कछुवा गतिमा भइरहेको छ। सरकारमा भएकाले एक्लै गरेर मात्र हुन नसक्ने भएकाले सबैले मिलेर गर्नु जरुरी थियो तर त्यो हुन सकेन’, उनले भने।

प्रकाशित: २० असार २०७३ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App