८ वैशाख २०८१ शनिबार
समाज

सौरपानीको छाहरे खोलाबाट जीप खस्यो, १३ घाइते

गोरखा - गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ स्थित सिम्बु छाहरेखोलामा मंगलबार बिहान जीप दुर्घटना भएको छ। रञ्चोकबाट सौरपानी हुँदै गोरखातर्फ आउँदै गरेको बा १५ च १०१६ नम्बरको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भिर रहेको घटनास्थलबाट स्थानीय सिताराम गुरुङले बताए।

जीप सडकबाट करिब एक सय ५० मिटर तल खसेको उनले जानकारी दिए। घाइतेहरुको उद्धार गरी जीप खसेको ठाउँबाट सडकसम्म ल्याइएको छ। गम्भिर घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौँ लैजाने तयारी भइरहेको उनले बताए। जीप खसेको ठाउँमा प्रहरी भर्खरै पुगेकाले बिस्तृत बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले बताए। साँघुरो सडकमा जीपको ब्रेक फेल भएर दुर्घटना भएको चालकलाई उदृत गर्दै स्थानीयले बताएका छन्।

प्रकाशित: २७ फाल्गुन २०७६ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App