coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

फाइल तस्बिर

काठमाडौं – मिर्गौला प्रत्यारोपण गरेको छैठौं दिन पनि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारकै स्थितिमा रहेको अस्पतालले जनाएको छ। प्रधामन्त्रीले सामान्य तथा सन्तुलित खाना खाइरहेको, मुटुको चाल, रक्तचापलगायत स्वास्थ्य सूचक सामान्य अवस्थमा रहेको र शरीरका अन्य अवस्थाको ल्याब रिपोर्ट पनि सामान्य रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। गत बुधवार यो अस्पतालमा प्रधामन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण भएको थियो। सोमवार अस्पतालका निर्देशक पे्रमकृष्ण खड्काले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै भने, ‘प्रधामन्त्रीज्यूको सबै स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको छ।’

सोही अवसरमा प्रधानमन्त्रीकी मिर्गौला दाता तथा अन्य समीक्षा संग्रौलाको स्वास्थ्यसमेत सामान्य अवस्थामा फर्किरहेको अस्पतालले जानकारी दिएको छ। मंगलबार अस्पतालबाट डिस्चार्ज हुने सम्भावना रहेको उनका पति कमल ज्ञवालीले बताए। ‘डाक्टरले भोलि या पर्सि डिस्चार्ज हुनसक्छ भन्नुभएको छ,’ उनले भने। तन्दुरुस्त बन्दै गएकी समीक्षा अस्पतालभित्र आफैं हिँडडुल गर्ने र सन्तुलित खाना खाने गरेको पति ज्ञवालीले बताए। प्रधानमन्त्रीले मासुको सुप, दालभात, तरकारी जस्ता खाना खाने गरेको र यी सबै खाना प्रधानमन्त्री पत्नी राधिका शाक्यले बालुवाटारबाटै पकाएर पठाउने गरेको प्रधानमन्त्रीको पहिलो मिर्गौला दाता तथा बुहारी अञ्जान घिमिरले बताइन्। ‘आमाले नै बनाएर पठाउनुहुन्छ, समीक्षालाई पनि बालुवाटरबाटै खाना आउँछ,’ उनले भनिन्।

प्रकाशित: २७ फाल्गुन २०७६ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App