राजनीतिक समझदारीमा विधेयक अघि बढाइनुपर्छट्: अध्यक्ष थापा

शुक्रबार, २२ पुष २०७३, १४ : १७ नागरिक

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनको प्रस्तावलाई राजनीतिक समझदारीका आधारमा अघि बढाइनुपर्ने बताएका छन्।

पार्टी कार्यालय, धुम्बाराहीमा आज रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उनले भने– “यथास्थितिमा समझदारी नगरीकन विधेयक अघि बढाए राजनीतिक प्रतिउत्पादक हुने खतरा बढ्न सक्छ।”

अध्यक्ष थापाले भने – “सर्वोच्चको फैसलापछि संशोधन विधेयकबारे संसद्मा बहस गर्ने बाटो खुलेको छ, तर यो कानुनी विषय मात्र होइन, राजनीतिक विषय पनि भएकाले संसद्मा रहेका राजनीतिक दलहरुसँग छलफल र सहमति गरेर अघि बढेर जानु बुद्धिमानी हुन्छ।”

फरक प्रसङ्गमा अध्यक्ष थापाले पार्टी एकीकरणपछि स्वाभाविक रुपमा राप्रपाको सिट सङ्ख्याका आधारमा पार्टीको तर्फबाट मन्त्रिमण्डलमा थप सदस्य थप्नुपर्ने भए पनि यसबारे प्रधानमन्त्री, सत्ता साझेदार काँग्रेस र माओवादी केन्द्रको भूमिकामा भरपर्ने बताए।

“पार्टी एकीकरणपछि स्वाभावतः हामी सत्ता पक्ष भएका छौँ, सङ्ख्याको अनुपातमा सरकारमा प्रतिनिधित्वको सङ्ख्या वृद्धि हुनु स्वाभाविक हो, यसमा सत्ता साझेदार दलको व्यवहारमा भर पर्छ, भन्दै उहाँले अहिले हामीसँग तीन विकल्प छन्, पहिलो अहिलेकै दुई मन्त्रीलाई निरन्तरता दिने, दोस्रो सङ्ख्या वृद्धि गर्ने र तेस्रो भएका मन्त्रीलाई पनि फिर्ता बोलाउने हो', उनले भने। रासस

 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad