४ वैशाख २०८१ मंगलबार
समाज

कोरोना कहरमा होली (भिडियो रिपोर्ट)

काठमाडौं – राजधानीको पर्यटकीय हब ठमेलका सडक, चोक र गल्लीहरूमा बिहानै होलीको रौनक छाइसक्थ्यो। विदेशी पर्यटकहरू नेपाली युवायुवती हुल बाँधेर हिँड्थे। एकआपसमा रङ दल्दै खुसी साट्थे। होली पर्वको शुभकामना आदानप्रदान गर्थे। ठमेलका सबै गल्लीहरु रंगिन हुन्थे।

तर यो वर्षको ठमेललाई होलीले छोएन। विदेशी पर्यटक तथा नेपालीहरूको सामान्य जमघट मात्रै देखिन्थ्यो। विगतका वर्षमा जमघट भएर रेष्टुरेन्टमा रमाइलो गर्दै होली खेलेको देखिन्थ्यो। तर अहिले ठमेलाका होटल तथा रेष्टुरेन्टमा सुनासान जस्तै छन्।

ठमेलमा फुर्सदिला भएर सडक चोकमा केहि व्यापारीहरू बसिरहेका थिए। कोरोनाको त्रासले विदेशी पर्यटक मात्रै नभएर आन्तरिक पर्यटकको आगमन पनि पातलिएकी व्यापारीहरु बताउँछन्।

ठेलामा कपडा पसल सञ्चालन गर्दै आएका अनुप श्रेष्ठ यस वर्षको होली निकै फिका भएको बताउँछन्। यसवर्ष विदेशी पर्यटक आशिंक रुपमा मात्रै ओहोरदोहोर गरिरहेका, कतै लोला हान्ने, रंग दल्ने र पानी छ्याप्ने गरेको नदेखिएको र टिसर्टसमेत बिक्री नभएको उनले बताए।

‘यो वर्षको होली त होली जस्तै भएन। गतवर्षको तुलनामा यो वर्ष होलीका टिसर्ट बिक्री भएन। नेपाली युवायुवती पनि यो वर्ष उपस्थिति कम भयो’, उनले भने।

सिन्धुपाल्चोक स्थायी घर भएका रिक्सा चालक प्रदिप तामाङलाई प्रत्येक वर्ष होलीको दिन भ्याई नभ्याई हुन्थ्यो तर यो वर्ष भने उनलाई बोहोनी हुन समेत गाह्रो भएको बताए।

‘होलीको दिनमा मात्रै तीन–चार हजार कमाई हुन्थ्यो। कोरानाको त्रासले विदेशी पर्यट घटे। आज छ सय मात्रै कमाई भयो’, उनले भने।

उनी थप्छन्‘ अब १५ दिन बाटो हेर्छु, यस्तै कायम रह्यो भने परिवारसहित घर गएर बस्छु। बरु गाउँमा खेतीकिसानी गर्छु बस्छु।’

यो पेशामा लागेको डेढ दशक नाघिसकेको, तर कहिल्यै घाम तापेर बस्नु नपरेको उनी उनी बताउँछन्।

बसन्तपुरमा सडकभरी होली खेल्ने र कराउँदै सांगीतिक रमाइलो गर्नेको भिडभाड देखिन्थ्यो भने यसवर्ष खासै देखिएन। प्रत्येक वर्ष वसन्तपुरकमा फागु गीतहरु गुञ्जिन्थे।

होली खेलेर रमाउने गरेका युवायुवतीले गतवर्षको तुलनामा चहपहल घटेको महसुस गरेका छन्। कोराना भाइरसका कारण सबैलाई आतंकित बनाए तापनि वर्ष एक दिन आउने पर्वलाई उल्लासका मनाइनु पर्ने होलीमा रमाइरहेका युवायुवती बताउँछन्।

चीनको वुहानबाट सल्किएको कोरोना भाइरस विश्वभर फैलिएपछि संक्रमण फैलिन नदिन काठमाडौं जिल्ला प्रशासन कार्यलयले होली पर्वलाई लक्षित गरी कुनै पनि औपचारिक कार्यक्रमहरु नगर्न भनेको थियो।

सरकारको आह्वानसँगै कोरोना भाइरसको सङ्क्रमणको जोखिमले मानिस आफै सचेत समेत भएको देखिन्छ। कारोना भाइरस (कोभिड–१९) को माहमारी विश्वभर फैलिरहेका बेलामा नेपालमा पनि यसको सङ्क्रमण फैलिन नदिन सरकारले समूहगत रुपमा होली खेल्न, पानी तथा लोला नखेल्न र जथाभावी रङ्ग नदल्न गरेको आह्वान अनुरुप होलीको रौनक हराएको छ।

सुन्धारा, दरबारमार्ग, जमल, इन्द्रचोक, ठमेललगायत सडकमा उल्लासमय वातावरणमा होली खेलिने भए पनि यो वर्ष भने शान्त देखिएका हुन्।

 

प्रकाशित: २६ फाल्गुन २०७६ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App