coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

लन्डनमा नेपाली महिलाले मनाए अन्तर्राष्ट्रिय महिला दिवस

लन्डन - अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके महिला फोरमको आयोजनामा महिला सशक्तिकरणबारे एक अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न भएको छ। आइतबार लन्डन इस्टकोटस्थित 'भेन्यू फाइभ रेष्टुरेन्ट' हलमा सम्पन्न कार्यक्रममा महिला अगुवाहरुले महिला सशक्तिकारणका बारेमा आआफ्ना विचार व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन युकेकी अध्यक्ष पूनम गुरुङले अन्तर्राष्ट्रिय महिला दिवस सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा महिलाहरुले प्राप्त गरेका उपलब्धिहरु पहिचान गर्ने तथा गर्व गर्ने अवसर भएको बताइन्। उनले एनआरएनए युकेको पहिलो महिला अध्यक्षको रुपमा महिला समानताको क्षेत्रमा काम गर्न आफु प्रतिबद्ध रहेको पनि बताइन्। "हाम्रो प्रयास आजै सकिदैन, वर्ष भरि नै जारि रहनु पर्छ," उनले भनिन्।

कार्यक्रमका प्रमुख अतिथि तथा लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव लव सुवेदी ले प्रत्येक दिनलाई महिला दिवसको रुपमा मनाउन सुझाव दिए। हिजो हाम्रा आमा, हजुरआमाहरुले कसरि जीवन व्यतित गर्नु भएको थियो, आज हामी कुन अवस्थामा छौं र भावी पुस्तालाई भेदभावमुक्त समाज हस्तान्तरण गर्न के गर्नु पर्छ भन्ने बारे हामी सचेत रहनु पर्छ। उनले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबै दिदी बहिनीहरुलाई बधाई पनि दिए।

कार्यक्रममा हाल लिबियामा कार्यरत समाजशास्त्री डा. मीना पौडेल, लन्डन स्कुल अफ इकोनोमिक्सकी भिजिटिंग फेलो डा. पुनम यादव, लिभरपूल जोन मुर्स विश्वविद्यालयकी सहप्राध्यापक डा सारा पार्कर तथा सिवानी घलेले प्रस्तुति गरेका थिए। त्यस्तै गत वर्ष काठमाडौँमा सम्पन्न दक्षिण एसियाली खेलमा पौडीमा  चार ओटा स्वर्ण पदक जित्न सफल खेलाडी गौरिका सिंह तथा चेल्सी गुरुङ लगायतका युवा तथा किशोरीहरुले आफ्नो मन्तव्य दिएका थिए।

कार्यक्रममा अमृता गिरि गजुरेल तथा सुष्मिता थापाले नाटक प्रश्तुत गरेका थिए। पत्रकार भगीरथ योगी तथा ब्लगर लेक्स लिम्बुले कार्यक्रममा छलफल भएका विषयहरुको निस्कर्ष सुनाएका थिए। लक्ष्मी राई 'लारा' तथा बिमला सेनेले मडरेट गरेको कार्यक्रममा एनआरएनए युकेकी महिला संयोजक प्रसुना कंडेलले सबैलाई धन्यवाद दिएकी थिइन्।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युरोप सहसंयोजक कृष्ण तिमल्सीना, आइसीसी सदस्यहरु रामशरण सिमखडा, सुसिला राई, योग कुमार फगामी, लिलादेवी गुरुङ लगायत संघका अग्रहहरु, पत्रकार, व्यवसायी लगायतको बाक्लो उपस्थिती थियो । कार्यक्रममा सफल पार्न लारा राईले सकृय भूमिका निर्वाह गरेकी थिइन्। कार्यक्रमको व्यवस्थापन एनआरएन युके महिला फोरमले गरेको थियो। कार्यक्रमको संयोजन प्रसुन कंडेलले गरेकी थिइन्।

प्रकाशित: २६ फाल्गुन २०७६ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App