७ वैशाख २०८१ शुक्रबार
समाज

एउटै घाटमा तीनवटा पुल

रोल्पाको माडीखोलामा रहेका तीन पुल। तस्बिर: दिनेश/नागरिक

रोल्पा – कुनै बेला पुल नहुँदा माडी खोलाको चिसो पानी छिचोलेर वारपार गर्ने रोल्पाली यतिबेला एउटै घाटमा तीनवटा पुल देख्दा दंग छन्। मोटरेबल पुल नहुँदा वर्षौंपहिले हालिएको झोलुंगे पुलको माथिल्तिर सडक डिभिजन कार्यालयले पक्की पुल बनाउने भन्दै २०६५ असार १९ गते ठेक्का लगायो। तर निर्माण व्यवसायीले लामो समय पुल निर्माण नगरेपछि राजनीतिक नेतृत्वको पहलमा २०७२ सालमा यहाँ बेलीब्रिज राखियो। त्यसको थोरै तल २०६५ सालमा ठेक्का लागेको पुलका दुई पिलर उठाएर ठेकेदार बेपत्ता भएपछि कार्यालयले २०६४ सालमा अर्को ठेकेदारलाई पुल निर्माणको जिम्मा दियो। २०६५ सालमा पक्की पुल तयार भएको छ तर यो पुलको तलमाथि दुवैतिर ५० मिटरको दूरीमा तीनवटा पुल यथावत् छन्। पक्की पुल तयार भएपछि पनि लामो समय बेलीब्रिजको सदुपयोग गरिएको छैन। त्यसो त केही वर्षपहिले यही घाटमा तत्कालीन जिविसले बर्सेनि लाखौ खर्चेर काठको अस्थायी पुल बनाउने गथ्र्यो।

रोल्पाका कतिपय खोलामा पुल नहँुदा स्थानीयले सास्ती भोगिरहेका छन् तर माडीखोलामा रहेको यो बेलीब्रिज प्रयोगविहीन भएको छ। ७३ दशमलव ४० मिटर लम्बाइ र तीनवटा स्पाम रहेको पक्की पुल निर्माण भएपछि ५० मिटरको यो बेलीब्रिज प्रयोगविहीन भएको हो। बेलीब्रिजलाई समयमै अन्य स्थानमा सार्नुपर्ने स्थानीयको माग छ। रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी भन्छन्, ‘जेदवाङको बाजावाङमा राख्न पाए राम्रो हुने भएकाले त्यतातर्फ पहल थालिएको छ।’

बेलीब्रिज अन्य स्थानमा सार्न सडक कार्यालयले निणर्य गर्न नसक्ने बताएको छ। सडक डिभिजन प्रमुख विनोदप्रसाद सापकोटा भन्छन्, ‘अरू ठाउँमा कतै व्यवस्थापन गर्न त सकिन्छ तर बेलीब्रिज हाइवेमा हाल्नुपर्छ। रोल्पामा हाइवे छैन, अन्यत्र लैजान माथिबाट स्वीकृति लिनुपर्ने हुन्छ।’ उनका अनुसार जिल्लाका जनप्रतिनिधिले मागचाहिँ गरिरहेका छन्।

आधी रोल्पालाई सदरमुकामसँग जोड्ने यो पुलले रोल्पालीको दैनिकी सहज बनाएको छ। तर राज्यले गतिलो व्यवस्थापन गर्न नसक्दा बेलीब्रिज प्रयोगविहीन भएकोमा चिन्तित पनि छन। ‘सरकारले आवश्यक भएको ठाउँमा लैजानुपर्ने हो। जनताले राहत त पाउँथे,’ रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्द भन्छन्, ‘यो राज्यको हेलचेक्र्याइँ हो। जति सक्यो छिटो आवश्यक ठाउँमा व्यवस्थापन गर्नुपर्छ।’

प्रकाशित: २६ फाल्गुन २०७६ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App