७ वैशाख २०८१ शुक्रबार
राजनीति

ज्ञवालीले बुझे सरकारको २४ घण्टे स्पष्टिकरण पत्र

काठमाडौं– पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुशील ज्ञवालीले सरकारले पठाएको २४ घण्टे स्पष्टिकरण पत्र बुझेका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ज्ञवालीलाई शुक्रबार बिहान दोस्रो पटकको स्पष्टिकरण पत्र पठाएको थियो। उक्त पत्र सीईओ ज्ञवालीले शुक्रबार नै ११ः२० बजे बुझेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश थपलियाले बताए।

दोस्रो पटक सरकारले पठाएको उक्त स्पष्टिकरण पत्रको जवाफ सीईओ ज्ञवालीले २४ घण्टा पठाइसक्नु पर्नेछ। उक्त स्पष्टिकरण पत्रमा सरकारले सीईओ ज्ञवालीलाई पदबाट नहटाउनु पर्ने कारणबारे प्रश्न सोधेको छ।

याे पनि

प्रकाशित: २२ पुस २०७३ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App