coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलिया च्याम्पियन

मेलबर्न – भारतलाई लज्जास्पद हार चखाउँदै अस्ट्रेलियाले महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको उपाधि जितेको छ।

कीर्तिमानी पाँचौं पटक विश्वकप क्रिकेटको उपाधि जित्ने क्रममा अस्ट्रेलियाले भारतमाथि ८५ रनको शानदार जित हात पारेको हो। अस्ट्रेलियाले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको भारत १९.१ ओभरमा मात्र ९९ रनमा अलआउट भयो। भारतकी दिप्ती शर्माले सर्वाधिक ३३ रन जोडिन्। ३५ बलको सामना गर्दै दिप्तीले दुई चौका प्रहार गरिन्। भारतलाई सस्तैमा सीमित पार्ने क्रममा अस्ट्रेलियाकी मेगन स्कचले ३.१ ओभरमा १८ रन खर्चदै ४ विकेट लिँदा जेसी जोनासेनले ३ तथा सोफी मोलिनेक्स र डेलिसा केमिन्सले समान एक विकेट लिइन्।

‘मलाई मेरो टोलीप्रति गर्व छ,’अस्ट्रेलियाली कप्तान मेग लानिङले भनिन्, ‘हामीमाथि धेरैको आशा थियो, हामी केही कठिन समयबाट गुज्रनुपर्‍यो। तर, पनि हामी चुनौती पार गर्र्दै निरन्तर अघि बढिरह्यौ।’ समूह चरणमा अस्ट्रेलियामाथि जित हात पारेको भारतले आइतबार फाइनलमा भने सो लय कायम गर्न सकेन। अस्ट्रेलियाले यो लगातार छैटौं पटक विश्वकपको फाइनल खेलेको हो भने भारत पहिलो पटक फाइनल पुगेको थियो। यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रनको सम्मानजनक योगफल खडा गरेको थियो। ओपनर एलेसा हेली र बेथ मोनीले पहिलो विकेटका लागि १ सय १५ रनको उत्कृष्ट साझेदारी गर्दै अस्ट्रेलियालाई गतिलो सुरुआत दिलाएका थिए।

एलेसाले ३९ बलमा ७ चौका र ५ छक्का मद्दतमा ७५ रनको योगदान गर्दा ५४ बलमा १० चौकासहित बेथले नटआउट ७८ रन जोडिन्। ‘मलाई अभैm मेरो टोलीप्रति पूर्ण विश्वास छ,’भारतकी कप्तान हर्मनप्रीत कौरले भनिन्, ‘हामीले विशेषत फिल्डिङमा ध्यान दिन आवश्यक छ। मलाई मेरो टोलीप्रति पूर्ण विश्वास छ, यसमा हामीले सुधार गर्नेछौं। खेल हो, जित हार स्वाभाविक हुन्छ। हामीले हारबाट आत्तिने होइन, यसलाई एउटा अवसरको रूपमा लिनुपर्छ।’ क्रिकेट अस्ट्रेलियाका प्रमुख केभिन रोबर्ट्सले महिला क्रिकेटमा पनि पुरस्कार रकममा वृद्धी गर्नु सकारात्मक कदम भएको बताए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)ले सन् २०१८ मा महिला विश्वकप क्रिकेटको पुरस्कार रकममा वृद्धी गरे पनि त्यो पुरुष क्रिकेट विश्वकप विजेता टोलीले पाउने भन्दा कम थियो।

अस्ट्रेलियाले यो लगातार छैटौं पटक विश्वकपको फाइनल खेलेको हो भने भारत पहिलो पटक फाइनल पुगेको थियो। कीर्तिमानी पाँचौं पटक विश्वकप क्रिकेटको उपाधि जित्ने क्रममा अस्ट्रेलियाले आइतबार भारतमाथि ८५ रनको सानदार जित हात पार्‍यो।

प्रकाशित: २६ फाल्गुन २०७६ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App