६ वैशाख २०८१ बिहीबार
खेल

जावलाखेलद्वारा एपिएफ पराजित

बल नियन्त्रणमा लिन प्रयासमा दुवै टोलीका खेलाडी। तस्बिर:टंक/नागरिक

सर्लाही - सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा प्रभु जावलाखेल युथ क्लब ललितपुरले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० गोलले पराजित गरेको छ।

जितसँगै जावलाखेल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। खेलको ५६औं मिनेटमा जावलाखेलका सुजित बुढाथोकीले गोल गरे। डिबक्स बाहिरबाट एपिएफका रक्षकलाई छलाउँदै बुढाथोकीले गोल गरेका थिए। बुढाथोकीले गरेको गोल नै निर्णायक बनेपछि जावलाखेलले क्वाटरफाईनल यात्रा सुनिश्चित गर्‍यो। खेलमा निर्णायक गोल गरेका बुढाथोकी नै म्यान अफ दी म्याच घोषित भए। बुढाथोकीलाई सशस्त्र प्रहरी नायव उपरीक्षक सुशील पराजुलीले ट्रफिसहित नगद १० हजार र एकजोर बुट प्रदान गरे।

तीन जना अफ्रिकन खेलाडीसहित मैदानमा उत्रिएको जावलाखेल अगाडि अधिकांश दोस्रो रोजाइका खेलाडी उतारेको एपिएफ दबाबमा परेको थियो। जसको फाइदा जावलाखेलले उठाउन सफल भयो। अब जावलाखेलले सेमिफाइनल यात्राका लागि बिहीबार युनाइटेड खर्साङ युवा क्लब दार्जिलिङको सामना गर्नुपर्नेछ। सोमबार पहिलो क्वार्टरफाइनल खेलमा सुदूरपश्चिम–११ र एनआरटी क्लबबीच खेल हुने आयोजक समितिका संयोजक दीपक लामाले जानकारी दिए।

प्रकाशित: २६ फाल्गुन २०७६ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App