८ वैशाख २०८१ शनिबार
खेल

बार्सिलोनाले अझै आत्मविश्वास गुमाएको छैन

लियोनल मेसी

बार्सिलोना – लियोनल मेसीले अन्तिम समयमा गरेको पेनाल्टी गोलमा रियाल सोसिडाडमाथि कठिन जित हात पारे पनि बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनले आफ्नो टोलीले अझै आत्मविश्वास नगुमाएको बताएका छन्। स्पेनिस ला लिगाअन्तर्गत शनिबार घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले सोसिडाडमाथि १–० को कठिन जित हात पारेको थियो। मेसीले पछिल्ला चार खेलमा गरेको पाँचौं र सिजनको २४औं गोलले बार्सिलोना अंक बाँड्नबाट जोगिएको हो। गत साता बार्सिलोना एल क्लासिकोमा रियाल मड्रिडसँग स्तब्ध भएको थियो।

‘हामीले अझै आत्मविश्वास गुमाएका छैनौं,’ सेटियनले भने, ‘हामी कुनै पनि खेलमा समर्थकलाई निराश पार्न चाहादैनांै। तर सधैं नतिजा आफ्नो हातमा हुँदैन। गत साता रियाल मड्रिडसँगको हारपछि पक्कै पनि समर्थक निराश भएका छन् र आज सोसिडाडविरुद्ध हात पारेको जितले उनीहरू खुशी भएको हुनुपर्छ।’ बार्सिलोनाका समर्थकले जोर्डी आल्भाविरुद्ध समेत मैदानमा नाराबाजी गरेका थिए। ‘म समर्थकलाई सम्मान गर्छु, तर समर्थकले पनि खेलाडीको सम्मान गर्नुपर्छ। खेलको सुरुआतमै कुनै खेलाडीलाई लक्षित गर्र्दै नाराबाजी गर्नु राम्रो होइन,’अल्भाले भने। यस जितपछि २७ खेलमा ५८ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ।

एक खेल कम खेलेको रियाल मड्रिड ५६ अंकका साथ दोस्रो स्थानमा छ। सेभिया, गेटाफे र एट्लेटिको मड्रिड क्रमशः ४७, ४६ र ४५ अंकका साथ तेस्रो,चौथो र पाँचौं स्थानमा छन्। यस खेलमा बार्सिलोना भिडियो सहायक रेफ्री (भिएआर)मा भाग्यमानी बनेको थियो। ८१औं मिनेटमा भिएआरले सोसिडाडका रोबिन ले नोर्मादले ह्यान्ड गरेको देखिएपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो। जसलाई मेसीले सहज रूपमै जाली चुमाए।

शनिबारै चाडो गरी भएको खेलमा सेभिया र एट्लेटिको मड्रिड भने २–२ को बराबरीमा रोकिए। १९औं मिनेटमा लुक डी जोङले गरेको गरेको गोलमा सेभिया खेलमा अघि बढेको थियो। तर ४ मिनेटको अन्तरमा दुई गोल गर्दै एट्लेटिकोले खेलमा अग्रता लियो। ३२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट खेलमा फर्किएको एट्लेटिकोले त्यसको ४ मिनेटपछि नै योहा फिलिक्सको गोलसँगै अग्रता लिएको थियो। तर, ४३औं मिनेटमा लुकास उकाम्पोसले पेनाल्टीको सदुपयोग गर्दै सेभियाालई खेलमा फर्काए।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले सोसिडाडमाथि १–० को कठिन जित हात पारेको थियो। लियोनल मेसीले अन्तिम समयमा गरेको पेनाल्टी गोलबाट सोसिडाडमाथि कठिन जित हात पारे पनि बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनले आफ्नो टोलीले अझै आत्मविश्वास नगुमाएको बताए।

प्रकाशित: २६ फाल्गुन २०७६ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App