coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधामन्त्रीको स्वास्थ्य सामान्य हुँदै

अस्पतालका निर्देशक पे्रमकृष्ण खड्गा र प्रधानमन्त्रीका पे्रस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिँदै। तस्बिर: रासस

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ क्रमिक रूपमा सुधार भइरहेको चिकित्सकले जनाएका छन्। मिर्गौला प्रत्यारोपणको पाँचौ दिन आइतबार अस्पतालले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै सो कुरा बताएको हो। ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

सन्तुलित आहार खान थालेको, मुटु तथा रक्तचापको अवस्था सामान्य रहेको र अन्य स्वास्थ्य सूचकसमेत सामान्य रहेको अस्पतालको भनाइ छ। अस्पतालका निर्देशक पे्रमकृष्ण खड्गा र प्रधानमन्त्रीका पे्रस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिएका हुन्। ‘प्रधानमन्त्रीज्यूले सन्तुलित खाना खान र विस्तारै हिँड्न पनि थाल्नु भएको छ,’ अस्पतालका निर्देशक डा. खड्गाले भने। ओलीलाई मिर्गौला दान गर्ने भान्जी समीक्षा संर्गौलाको स्वास्थ्य पनि सामान्य अवस्थामा फर्किन लागेको अस्पतालले जनाएको छ। उनी पनि सामान्य हिँडडुल गर्न सक्ने भएको र सन्तुलित आहार लिन थालेको अस्पतालले जानकारी दिएको छ। ‘स्वास्थ्यमा सुधार भइसकेको छ, हामीसित कुराकानी हुन्छ,’ समीक्षाका जेठाजु शंकर ज्ञवालीले भने।

प्रधानमन्त्रीको उपचामरा संलग्न निजी चिकित्सक तथा नेफ्रोलोजिष्ट डा. दिव्या सिंह शाहले स्वास्थ्य सामान्य अवस्थामा फर्किन थालेको बताइन्। ‘कुरा गर्न र ठोस खानेकुरा खान थाल्नुभइसक्यो, कुरा गर्न पनि सक्ने अवस्थामा हुनुहुन्छ,’ शाहले भनिन्।

प्रधानमन्त्रीको आइसियु केयरमै सहभागी टिचिङ अस्पतालमा आइसियु तथा क्रिटिकल केयर डा. सुभाष आचार्यले पनि प्रधानमन्त्रीले सामान्य रूपमा कुरा गर्न थालेको बताए। ‘हामीसित सामान्य व्यक्तिले जस्तो कुरा गर्न थाल्नुभएको छ,’उनले भने।

अहिलेसम्म कुनै पनि आफन्तलाई भेट्न नदिएको डा. दिव्याले जानकारी दिइन्। ‘उहाँको पत्नीले पनि अहिलेसम्म भेट्नु भएको छैन,’ शाहले भनिन्। प्रधानमन्त्रीसित चिकित्सककै रूपमा मात्र कुरा हुने गरेको डा. शाहले बताइन्। प्रधानमन्त्रीको स्वास्थ्यमा छिटो सुधार आउने संकेत देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ।

आइतबार नै उनको स्वास्थ्य जानकारी लिन नेकपा नेता झलनाथ खनाल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका नेता नारायणकाजी श्रेष्ठलगायत अस्पताल पुगेका थिए। सोही क्रममा पे्रस सल्लाहाकार थापाले विभिन्न युरोपियन युनियनका राजदूत, इजरायल र फ्रान्सका राजदूतहरुले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जानकारी दिए।

प्रकाशित: २६ फाल्गुन २०७६ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App