७ वैशाख २०८१ शुक्रबार
खेल

आयोजकलाई उपाधि

बाक्सिला गोल्डकपको उपाधिका साथ बाक्सिला फुटबल क्लबका खेलाडी। तस्बिर: नागरिक

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकामा आयोजित ११औं केपिलासगढी बाक्सिला रनिङ गोल्डकपमा आयोजक च्याम्पियन बनेको छ।

आइतबार सम्पन्न फाइनलमा सोल्मा स्पोर्ट्स क्लबलाई २–० ले हराउँदै आयोजक बाक्सिला फुटबल क्लब विजेता बनेको हो। खेलको ३७औं मिनेटमा सुशन तामाङले गोल गर्दै बाक्सिलाका लागि खाता खोलेका थिए। मध्यन्तरपछि सौरभ कामीले गोल गर्दै बाक्सिलाको अग्रता दोब्बर बनाए। पराजित भएसँगै सोल्मा स्पोर्टस् क्लव उपविजेता बनेको छ। गत वर्षको विजेता खारम्बु स्पोर्ट्स क्लब र हलेसी तुवाचुङ फुटबलव क्लब सेमिफाइनलिस्ट बनेको आयोजक बाक्सिला फुटबल क्लबका अध्यक्ष शिवकुमार राईले बताए। गोल्डकपका विजेताले २ लाख ११ रुपैयाँ, उपविजेताले ९९ हजार ९११ रुपैयाँ र सेमिफाइनलिस्टले २० हजार ११ रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगिताका बेस्ट प्लेयर आयोजक बाक्सिलाका बिकी राई र सर्वाधिक गोलकर्ता बाक्सिलाकै सुशन तामाङलाई जनही ११ हजार १११ रुपैयाँ प्रदान गरिएको थियो। बेष्ट गोलकिपर बाक्सिला फुटबल क्लबका रेम्बो चौधरी, बेस्ट डिफेन्डर बनेका बाक्सिलाकै विक्रम लिम्बु, बेस्ट मिडफिल्डर सोल्मा स्पोर्ट्स क्लबका दीपक भुषाल र बेस्ट कोचको बाक्सिलाकै लक्ष्मण थापाले जनही जनही ५ हजार ११ रुपैयाँ प्राप्त गरे। विजेता खेलाडीलाई नेकपा नेता एवम् प्रदेशसभा सांसद राजन राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्ण राईले पुरस्कार प्रदान गरेका थिए। फुटबलको व्यावसायिक विकासको लक्ष्य लिएर वि.सं.२०६२ सालमा स्थापित बाक्सिला फुटबल क्लबको आयोजनामा २०६१ सालदेखि बाक्सिला गोल्डकप सञ्चालन हुँदै आएको छ।

आइतबार सम्पन्न फाइनलमा सोल्मा स्पोर्ट्स क्लबलाई २–० ले हराउँदै आयोजक बाक्सिला फुटबल क्लब विजेता बनेको हो।   बाक्सिलाका लागि सुशन तामाङले र सौरभ कामीले गोल गरे।

जिल्लामा फुटबल खेलको व्यावसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रवद्र्धनका लागि बाक्सिला गोल्डकपलाई निरन्तरता दिइएको क्लबका अध्यक्ष राईले बताए। प्रतियोगितामा जिल्ला फुटबल संघ खोटाङमा आवद्ध ८ टोलीले प्रतिस्पर्धा गरेका थिए। गोल्डकपका लागि केपिलासगढी गाउँपालिकाले ५ लाख आर्थिक सहयोग गरेपछि क्लबले प्रतियोगिताको नाम ११औं केपिलासगढी बाक्सिला रनिङ गोल्डकप राख्ने निर्णय गरेको थियो।

नागरिककर्मी राई सम्मानित
बाक्सिला फुटबल क्लबले नागरिककर्मी दमन राईलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको छ। पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै क्लबले ११औं केपिलासगढी बाक्सिला रनिङ गोल्डकप समापनको अवसरमा आइतबार पत्रकार राईलाई ५ हजार ११ रुपैयाँ राशिको खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको हो। हरेक गोल्डकप सञ्चालनको अवसरमा क्लबले प्रदान गर्ने पुरस्कार राईलाई दोस्रोपल्ट प्रदान गरेको हो।

प्रकाशित: २६ फाल्गुन २०७६ ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App