coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चिसोका कारण एक वृद्धको मृत्यु

लहान-विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहामा एक वृद्धको मृत्यु भएको छ ।

जाडोबाट कठ्याङ्ग्रिएर सिरहाको धनगढीमाई नगरपालिका–४ जयपुर निवासी ६५ वर्षीय रामनाथ यादवको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाकै सन्हैठ–२ स्थित पुरानो घरबाट नयाँ घर जयपुर जाने क्रममा अत्यधिक जाडोले कठ्याङ्ग्रिएर बरीयारपट्टि चोकमा यादवको मृत्यु भएको प्रहरी चौकी बरीयारपट्टिका प्रहरी सहायक निरीक्षक दिलबहादुर दनुवारले जानकारी दिए ।

विगत केही दिनदेखि बढेको जाडोका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण स्वास्थ्य संस्थामा निमोनिया, श्वासप्रश्वास, टाइफाइड, रुघाखोकी र कोल्ड डाइरियाका बिरामीको चाप बढ्न थालको छ ।

चिसोका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । रासस

प्रकाशित: २२ पुस २०७३ ०५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App