७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

काठडमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले बताएका छन्। दोस्रो पटक मृगौला प्रत्यारोपण गरेको पाँचौ दिन ओलीको भाइटल र ल्याब सूचकहरु पनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन्।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिनुका साथै हिडडुल पनि गराउन थालिएको छ। उनलाई मृगौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य पनि राम्रो रहेको छ। संग्रौलाको पनि भाइटल र ल्याब सूचकहरु सामान्य रहेको डा. खड्काले बताए।

आइतबार अस्पताल पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा ब्यापक सुधार भइरहेको बताए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्थ थापाले इजरायल, फ्रान्स र युरेपेलि युनियनका राजदूतहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेको बताए।

प्रकाशित: २५ फाल्गुन २०७६ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App