८ वैशाख २०८१ शनिबार
समाज

'दाइजो आतंकले छोरीहरु गर्भबाट बाहिर निस्किन सकेका छैनन्'

भावना यादव
स्वास्थ्यकर्मी
विश्व चौतर्फी रुपमा फड्को मारिरहेको बेला मधेसी महिलाहरु अझैपनि चुनौतीको चाङ पन्छाउनमै शक्ति खर्चिनुपरिहेको छ। शिक्षामा मधेसी महिलाहरुको उपस्थिती सन्तोषजनक छैन। शिक्षामा अधिकारका लागि अझैपनि मधेसी महिलाहरु घरदेखि नै संघर्ष गर्नुपरिरहेको अवस्था छ। छोरा सरह शिक्षाका लागि महिलाहरु संघर्ष गर्नुपरेको छ। छोरालाई शिक्षामा बढ्ता प्राथमिकता दिने गरिएको छ। महिलाको शिक्षालाई त्यति प्राथमिकता दिएको पाइदैन। महिला शिक्षा मधेसको जल्दोबल्दो मुद्दा बनाउनुपर्छ।

मधेसी महिलाको अर्को समस्या बालविवाह हो। अशिक्षा र अन्य कारणले भैरहेको बालविवाहका कारण महिलामा स्वास्थ्य तथा प्रजनन स्वास्थ्यमा समस्या थपिएको छ।

शिक्षित मधेसी महिलाहरु जो घर बाहिर काम गर्छन् उनीहरुका लागि काम गर्न सामाजिक वातावरणले चुनौती थपिरहेको छ। मधेसी महिलालाई बाहिर काम गर्न सन्तोषजनक वातावरण छैन्। काम गर्ने क्षेत्रमा पनि मधेसी महिलाहरुलाई पुरुष सहकर्मीहरुबाटै असहयोग हुने गरेको छ। हामीभन्दा महिला कसरी अगाडि बढ्न सक्छन्, भनेर पुरुषहरु सहकर्मीहरुले खुट्टा तान्छन्।

बुहारी अफिसमा काम गर्दा समाजबाट थरिथरिका टिकाटिप्पणी गरेर मनोबल घटाउने काम गर्छन्। 'ए कुर्ता लगाउने,' भनेर नाकारात्मक टिप्पणी गरेर काम गर्ने उर्जा घटाउँछन्।

जिवछी यादव
गृहिणी महिला
मधेसी महिलाहरुलाई धेरै थरि चुनौतीको सामना गर्नुपर्ने अवस्था छ। दाइजोका कारण मधेसी महिलाहरु जलाइएका छन्। मागेजती दाइजो दिन नसक्दा महिलाहरुको निर्मम हत्या भैरहेको छ। दाइजो आतंकले छोरीहरु गर्भबाट बाहिर निस्किन सकिरहेका छैनन्। दाइजोका कारण भ्रूण परीक्षण बढेको छ। भ्रूण परीक्षण गरेर छोरी पहिचान भए गर्भमै मार्ने घटना बढ्दो छ। छोरी जन्मे विवाह गर्न दाइजोको जोहो कहाँबाट गर्ने भन्दै आमाबुवाले नै छोरीहरुलाई गर्भमा हत्या गर्ने अत्यास लाग्दो अवस्था छ।

बलात्कार महिलाका लागि अर्को चुनौती छ। अभिभावकसँग रिसिइबीमा छोरीहरु अपहरित हुने गरेका छन्।  कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्ने व्यवस्था भएपनि मधेसका छोरीहरु १६ नपुग्दै विवाहको बन्धनमा बाँधिनुपर्ने अवस्था छ।

प्रकाशित: २५ फाल्गुन २०७६ ०९:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App