coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१२ वर्षीय बालकले गरे भाइको हत्या

कैलाली - कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन्।

आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

कुटपिटबाट घाइते भएका बालकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटाेमै मृत्यु भएको प्रनाउ बस्नेतले बताए। भाइको हत्या गर्ने ती बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: २५ फाल्गुन २०७६ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App