६ वैशाख २०८१ बिहीबार
राजनीति

अहिलेको नेतृत्वबाट कांग्रेस चल्दैनः शेखर कोइराला

प्रेस युनियन सिरहाले गरेको पत्रकार भेंटघांटमा सहभागी कांग्रेस नेता शेखर कोईराला र सुजाता कोइराला। तस्विरःमिथिलेश/नागरिक

लहान - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले प्रतिपक्षको भूमिका राम्ररी खेल्न नसकेको स्वीकार गरेका छन्। वर्तमान सरकारले गरेका भ्रष्टाचार, अनियमितताका विषयलाई प्रमुख प्रतिपक्षको हैसियतले कांग्रेसले सन्तोषजनक भूमिका देखाउन नसकेको उनको टिप्पणी छ।

‘अहिले वर्तमान सरकारले गरेका भ्रष्टाचारका यति धेरै कुरा छन्, हरेक कुरामा हामी शान्तिपूर्ण रुपमा सडकमा आउनुपथ्र्यो ’ प्रेस युनियन सिरहाले आइतबार लहानमा गरेको पत्रकार भेंटमा उनले भने,‘हाम्रो नेतृत्व कता–कता अल्मलिएको अवस्था छ।’ कांग्रेसले सडक र संसदमा प्रतिपक्षको भूमिका खेल्न नसक्दा वर्तमान सरकारले गरेका भ्रष्टाचार र अनियमितताबारे जनताले राम्ररी थाहा पाउन नसकेको उनको तर्क छ।

‘पार्टी निर्वाचनको संघारमा गइराखेको अवस्थामा भित्र गुट–उपगुट हुनु स्वभाविक हो,’ उनले भने ‘वैचारिक गुट भन्दा वयतिmगत गुटहरु छन्, जुन पार्टीका लागि राम्रो होइन।’ महाधिवेशनको संघारमा विभाग बनाउनुको औचित्य नभएको उनकोे टिप्पणी छ।  ‘महाधिवेशनको कार्यतालिका आइसकेको छ, अहिले विभाग बनाउँदा त्यसले नेपाली कांग्रेसलाई उर्जा प्रदान गर्दैन,’ उनले भने। अहिलेको नेतृत्वबाट कांग्रेस चल्न नसक्ने जिकिर गर्दै उनले भने,‘पार्टीलाई पुरानै अवस्थामा फर्काउन गलत प्रवृतीलाई हटाउनुपर्छ।’

नेतृ सुजाता कोइरालाले महाधिवेशनमा तीनमध्ये एकजना सभापतिमा उम्मेदवारी दिने उद्घोष गरिन्। ‘शेखर दाई, सशांक र म मध्ये एकजना सभापति उम्मेदवार बन्ने पक्का छ’ उनले भनिन्। अब कोइरालाहरु एक ढिक्का हुन्छन्, ढुक्क हुनुस्, उनले थपिन्।

प्रकाशित: २५ फाल्गुन २०७६ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App