coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

मिरालाई २८ लाखसहित सम्मान

झापा- विश्वविजेता अल्ट्रा धाविका मिरा राई बिहीबार झापाको दमकमा नगद २८ लाख रुपैयाँसहित सम्मानित भएकी छन्। ठूलो राशीको सम्मानले आफूलाई थप उत्साह भरेको उनले बताएकी छन्। सगरमाथा डोजाङ बेलायतको अगुवाईमा मिरालाई २८ लाख नगदसहित सम्मान गरिएको हो। डोजाङका प्रमुख तथा प्रशिक्षक राष्ट्र राईको अगुवाईमा केही  महिनामा बेलायतका किरात राई यायोक्खा, किरात युथ अर्गनाइजेसन, जोन मार्सल आर्ट एकेडेमी र भोजपुर समाजको सहभागितामा मिरा राईको सहयोगार्थ ३०लाख रुपँैया संकलन भएको थियो।    राईलाई  २८लाख र उनका कराते प्रशिक्षक ध्रुबविक्रम मल्ललाई दुई लाख नगदसाथ सम्मान गरिएको हो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टसहित खेलकुदका अगुवाले उनीहरुलाई सम्मान पत्र र नगद प्रदान गरेका थिए।

भोजपुर जिल्लाको सानोदुम्माकी बासिन्दा २६ वर्षीया मिरा माओवादीकी पूर्व लडाकु हुन्। प्रमाणिकरणका बेला अनमिनले उनलाई 'अयोग्य' घोषित गरेको थियो। त्यसपछि उनी वैदेशिक रोजगारीका लागि मलेशिया जाने तयारीमा थिइन्। सन् २०१४ मा प्रशिक्षक मल्लले नै उनलाई रोकेर खेलमा लाग्न प्रेरित गरेका थिए। सन् २०१६ मा स्पेनमा भएको प्रतियोगितामा अल्ट्रा म्याराथनमा विश्वविजेता बन्दै मिराले प्रशिक्षकको विश्वास र आफ्नो क्षमता प्रमाणित गरेकी थिइन्।

 

 

प्रकाशित: २२ पुस २०७३ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App