coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

औषधी अभाव हुन दिन्नौं : उत्पादक

काठमाडौं -  नेपाल औषधी उत्पादक संघलेऔषधीको अभाव हुन नदिने बताएको छ। भारतले केही औषधी निर्यातमा रोक लगाएको र चीनबाट आयात रोकिएको अवस्थामा पनि नेपालमा उत्पादन हुन सक्ने कुनै पनि औषधी अभाव नहुने संघको दाबी छ।

‘विदेशीलाई हारगुहार गर्नुको सट्टा नेपाली उत्पादकसँग सहकार्य गर्नुहोस्,’ संघले विज्ञप्तिमार्फत सरकारसँग आग्रह गर्दै भनेको छ,‘हामी सहज, सुलभ र गुणस्तरीय औषधी पुर्‍याउन सदैव तत्पर र सक्षम पनि छौं।’ व्यापारिक दृष्टिकोणले सरल भएकोले धेरैजसो कच्चापदार्थ भारत र चीनबाटल्याउने गरेको तर अन्य मुलुकमा पनि कच्चापदार्थ बन्ने हुनाले ती मुलुकको विकल्पमा विश्वका जुनसुकै मुलुकबाट कच्चापदार्थ ल्याएर औषधी अभाव हुन निदने संघको दाबी छ। संघले मुलुकमा खपत हुने ७५ प्रतिशत औषधीयहीँ बन्ने अवस्था रहेकोले उत्पादनका लागि निजी औषधी उद्योगसँग सरकारले सहकार्य र सहयोग गरे मात्र पुग्ने बताएको छ। उसले भनेको छ,‘नीतिगत रुपमा देशलाई औषधीमा आत्मनिर्भर बनाउने भनेर लेख्ने तर स्वदेशमै बन्न सक्ने औषधीको लागि विदेशी कम्पनीलाई अनुनय विनय गर्ने कार्यले हामी समग्र औषधी उद्योगीलाई  थप तितो अनुभव भएको छ।’

‘विदेशीलाई हारगुहार गर्नुको सट्टा नेपाली उत्पादकसँग सहकार्य गर्नुहोस्,’ स्वदेशी माग हामी धान्छाैँ।

संघका अनुसार नेपालमा हाल एलोपेथिक औषधीका ६२ वटा उद्योग सञ्चालनमा छन। ४२ वटा अन्य नयाँ उद्योग निर्माणाधीन छन्।संघले अहिले तीन महिनासम्मको सामान्य बजार माग धान्ने औषधी, कच्चा पदार्थ, सहायक कच्चापदार्थ र प्याकिङ मेटेरियल मौज्दात रहेको जनाएको छ। यसैबीच, सरकारले मास्क र सेनिटाइजर आयात गर्दा लाग्ने भन्सार महसुल छुट दिने तयारी गरेको छ। कोरोना संक्रमणको जोखिम फैलिएसँगै यस्ता वस्तुको माग बढ्न गई अभाव सिर्जना भएको भन्दै सरकारले आपूर्ति बढाउन आयातमा सहुलियत दिने तयारी गरेको हो। कोरोना संक्रमणको जोखिम बढेपछि सतर्कताका लागि सरकारले आवश्यक वस्तुको उपलब्धता बढाउन भन्सार छुट दिन तयारीस्वरुप भन्सार छुटका लागि अर्थ मन्त्रालयलाई आग्रह गरेकोे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

प्रकाशित: २५ फाल्गुन २०७६ ०४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App