८ वैशाख २०८१ शनिबार
समाज

अमेरिकाद्वारा उपचार सामग्री प्रदान

काठमाडौं – अमेरिकी सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) नेपालकी कार्यवाहक प्रमुख एड्रिएना हेजलले बिहीबार एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालालाई ती सामग्री हस्तान्तरण गरेकी हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोधमा युएसएआइडीले सहयोगस्वरुप ती सामग्री उपलब्ध गराएको हो।

उपलब्ध गराइएका सामग्रीमा तीन हजार थान मास्क, २५ सय चेहरा कवच, दुई हजार थान जुत्ता ढाक्ने खोल, २१ सय सर्जिकल टोपी, एक हजार थान ट्राउजर तथा ट्युनिक र १० वटा थर्मोफ्ल्यास थर्मोेमिटर छन्। त्यस्ता सामग्री कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीले प्रयोग गर्नेछ।

यसअघि यही फागुन ६ गते अमेरिकी सरकारको रक्षा सहकार्य कार्यालयले चीनको वुहान सहरबाट उद्धार गरिएका विद्यार्थीको क्वारेन्टाइन जाँचमा मद्दत गर्न नेपाली सेनालाई चिकित्सकीय व्यक्तिगत सुरक्षा उपकरणका सात थान, पन्जा चार सय थान, र जैविक जोखिमका वस्तु बोक्ने झोला एक सय १० थान हस्तान्तरण गरेको थियो। ती सामग्री वाल्टर रिड सशस्त्र बल चिकित्सा विज्ञान अध्ययन संस्थानको नेपाल एकाइद्वारा उपलब्ध गराइएका हुन्।

युएसएआइडी–नेपालकी कार्यवाहक प्रमुख हेजलले कोरोनाविरुद्धको उपचारका लागि अमेरिकी सरकारले यस्ता सामग्री सहयोग गरेको बताइन्। मन्त्रालयका सचिव कोइरालाले युएसएआइडीले उपलब्ध गराएका उपचार सामग्री÷उपकरणले कोरोना भाइरस रोकथाममा लागि सहयोग पुग्ने बताए। ‘यी अत्यावश्यक सामग्री अत्यन्त सामयिक छन्। यी सामग्री कोभिड १९ रोकथाम गर्न खट्ने स्वास्थ्यकर्मीको सुरक्षाका लागि उपयोग गरिनेछ’, उनले भने।

प्रकाशित: २५ फाल्गुन २०७६ ०३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App