coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पत्रकार विरेन्द्र शाह हत्या प्रकरणः १२ वर्षपछि मुख्य अभियुक्त पक्राउ

बारा - बाराका पत्रकार वीरेन्द्र शाहको हत्याका अभियुक्त मध्येका एक कुन्दन फौज्दारलाई १२ वर्ष पछि प्रहरीले नियन्त्रणमा लिएको छ। बारागढी गाउँपालिका ६ गडहलको आफ्नै निवासबाट आइतबार बिहान २ बजे  फौज्दारलाई प्रहरीले पक्राउ गरेको हो।

फौजदार होली मनाउन घरमा आएको गोप्य सूचना पाएको प्रहरीले उनको घरलाई घेरा हालेको थियो। घेरा हालेर नियन्त्रणमा लिन खोज्दा स्थानीयले अवरोध गरेपछि चार राउन्ड हवाई फायर समेत गर्नु परेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए। एक महिना अघिदेखिको प्रहरीको सक्रियताले फौज्दारलाई पक्राउ गर्न सफल भएको पंगेनीले बताए।

अपराधिक क्रियाकलापका संलग्न कुनै पनि अभियुक्तलाई नछोडिने प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युमन कार्कीले बताए।

तत्कालीन नेकपा माओवादीका कर्यकर्ता समेत रहेका फौजदार अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका थिए। पत्रकार शाहलाई तत्कालीन नेकपा माओवादीका बारा जनसरकार प्रमुख लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम पटेल सहितका नेताले २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरेका थिए। अपहरण गरेका ३४ दिन पछि शाहको शव २०६४ कार्तिक २२ गते टाँगिया बस्ती जङ्गलमा गाडिएको अवस्थामा फेला पारेको थियो।

पत्रकार शाहको हत्यापछि अन्तराष्ट्रिय जगतबाट पनि घटनाको निन्दा भएको थियो। पत्रकार साहको हत्या अभियोगमा तत्कालिन जनसरकार प्रमुख लालबहादुर चौधरी, हरेराम पटेल फरार रहेका छन भने रामएकबाल सहनी कारारगारमा रहेका छन्।

प्रकाशित: २५ फाल्गुन २०७६ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App