coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना संक्रमितको संख्या लाख नाघ्यो, मृतक साढे तीन हजारभन्दा बढी

जापानको राजधानी टोकियोमा सामुदायक केन्द्रमा पढदै बालबालिका। कोरोना भाइरस संक्रमण फैलने त्रासले यहाँको विद्याालय बन्द भइपछि बालबालिका सामुदायक केन्द्रमा अध्ययन गर्न आएका हुन्। तस्बिर : गेट्टी इमेज

वासिंटन – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ। अमेरिकी समाचार संस्था सिएनएनका अनुसार विश्वभर एक लाख एक हजार चार सयभन्दा बढी कोरोना संक्रमित छन्।

गत डिसेम्बर अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरमा देखिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शनिबारसम्म साढे तीन हजार नाघेको छ। भाइरस संक्रमण ९२ देशमा फैलिएको छ। कोरोना संक्रमणबाट दक्षिण कोरियामा हालसम्म ४६ जनाको मृत्यु भइसकेको छ। यस्तै, सात हजारभन्दा बढीलाई यसको संक्रमण देखिएको जनाइएको छ। संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ। यससँगै त्यहाँ ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। त्यहाँ दुई सयभन्दा बढी व्यक्तिमा भाइरस संक्रमण देखिएको छ।

भाइरसको प्रकोपबाट स्पेनमा पाँच जनाको ज्यान गएको छ। स्पेनका स्वास्थ्य अधिकारीले यस भाइरसबाट संक्रमित हुनेको संख्या ३६५ पुगेको बताएका छन्। उनीहरूका अनुसार यहाँ दिनहुँ संक्रमितको संख्या बढिरहेको छ। कोरोना संक्रमणबाट नेदरल्यान्ड्समा वृद्धको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। उनीहरूका अनुसार शुक्रबार ती वृद्धको ज्यान गएको हो। ती वृद्धको रोटेड्यामस्थित इकाजेआ अस्पतालमा उपचारका क्रममा ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन्। नेदरल्यान्ड्समा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १८८ पुगेको छ। संक्रमित बढेपछि सरकारले विशेष सतर्कता अपनाएको जनाएको छ।  

इरानमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२४ पुगेको छ। इरानी सरकारका अनुसार शुक्रबार कोरोनाबााट १७ जनाको ज्यान गएको थियो। इरानमा चार हजार सात सय ४७ जनाको कोरोना संक्रमण देखिएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ। यस्तै, जापानमा अहिलेसम्म १२ जनाको मृत्यु भएको र एक हजार ४५ मा संक्रमण देखिएको बताइएको छ।
थाइल्यान्डमा कोरोना संक्रमितको संख्या ५० पुगेको छ।

प्रकाशित: २५ फाल्गुन २०७६ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App