coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सन्तोषी र गोपीचन्द्र प्रथम

१० किमी रोड रेसको विजेता गोपीचन्द्र पार्कि र सन्तोषी श्रेष्ठ। तस्बिर : नागरिक

 काठमाडाैँ  – वीर गणेशमान सिंह १० किमी रोड रेसको महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ गोपीचन्द्र पार्की विजयी भएका छन्।

 रुड्स फेसनले आयोजना गरेको दौडमा १३औँ सागका स्वर्ण पदकधारी गोयल डिजरबाट प्रतिनिधित्व गरेकी सन्तोषीले ३९ मिनेट १०.९८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम स्थान हासिल गरिन् भने पुरुषतर्फ नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्कीले ३२ मिनेट ०१.२ सेकेन्डमा दौड पूरा गर्दै उपाधि रक्षा गरे। साग स्वर्णधारी पार्कीले २ सय ५६ धावकलाई पछि पार्दा सोही क्लबका खिम खत्री दोस्रो भए। खत्रीले ३४ मिनेट ३५ सेकेन्डमा र तेस्रो भएका कर्णाली स्पोर्ट्स क्लबका नरेश बुढाले ३४ मिनेट ३६.१ सेकेन्डमा दूरी तय गरे।

महिलातर्फ दोस्रो र तेस्रो भएका नेपाल प्रहरीका धाविकाद्वय बिन्द्रा श्रेष्ठले ४० मिनेट ११.२९ सेकेन्ड र फूलमती रानाले ४० मिनेट ५८.११ सेकेन्डमा दूरी पार गरे। दरबारमार्गबाट सुरु भएको सो दौडमा विभागीय टोली, विभिन्न संघसंस्था, अमेरिका, बेल्जियम, जर्मनी र कोरियाका करिब ४५ महिला र २ सय ५६ पुरुषसहित कुल ३ सय २ खेलाडीहरूको सहभागिता थियो।

विजेता खेलाडीलाई पदक, ट्रफी, प्रमाणपत्रका साथै पहिलो हुनेलाई महिला पुरुष दुवैलाई जनही ६० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई  १५ हजार प्रदान गरिएको थियो। साथै पाचौंसम्मलाई नगद पुरस्कार र दशौं स्थानसम्मलाई खेल सामग्री प्रदान गरिनुका साथै सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रकाशित: २५ फाल्गुन २०७६ ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App