coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अजित र राजपुरा पहिलो

चेकका साथ अजितकुमार यादव। तस्बिर : नागरिक

काठमाडौं – अजितकुमार यादव र राजप्रा पछाईं दोस्रो मदन भण्डारी स्मृति ठमेल रोड रेसको खुलातर्फ शनिबार पहिलो भएका छन्।

तेस्रो एसियाली जुनियर एथ्लेटिक्स च्याम्पियनसिपका स्वर्णविजेता अजित पुरुष र राजपुरा महिलामा पहिलो भएका हुन्। अजितले निर्धारित ५ किलोमिटर दूरी १६ मिनेट १४.०१ सेकेन्डमा पूरा गरे। प्रकाशसिंह ऐरी (१८ मिनेट ५४.०७ सेकेन्ड) दोस्रो तथा सन्तोषनाथ योगी (१८ मिनेट १२.०९ सेकेन्ड) तेस्रो भए। राजपुराले निर्धारित ५ किलोमिटर दूरी तय गर्न १८ मिनेट २३.८९ सेकेन्ड समय खर्चिन्। शकुन्तला ठगुन्ना (२० मिनेट ५५.३८ सेकेन्ड) दोस्रो तथा अन्ना म्याकेर्डन (२३ मिनेट १५.४० सेकेन्ड) तेस्रो भए।

दुवै समूहमा पहिलो हुनेले २५ हजार, दोस्रोले १२ हजार र तेस्रोले ८ हजार रुपैयाँ नगद पुरस्कार हात पारे। स्कुलतर्फ ब्वाइजमा नारायणकुमार कुशवाह पहिलो, ईश्वर बस्नेत दोस्रो तथा अजय तामाङ तेस्रो भए। उक्त स्पर्धाको गल्समा स्वस्तिका बोहरा, सुनीता श्रेष्ठ र अन्जु खड्काले क्रमशः शीर्ष तीन स्थानमा दौड पूरा गरे। ब्वाइज/गल्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ५ हजार नगद पुरस्कार पाए।

पुरुष भेट्रानमा धर्म महर्जन पहिलो, भीमबहादुर गुरुङ दोस्रो र राजु भण्डारी तेस्रो बने। शीर्ष तीनले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे। बाँकी तीन स्पर्धाको दूरी पनि ५ किलोमिटर रहेको थियो। विजेतालाई प्रदेश सांसद केशव स्थापित, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका महासचिव वचन देउजा र सचिव ओमकृष्ण प्रसाईंलगायतले पुरस्कृत गरे। सो अवसरमा १३औं दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौडकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठलाई नगद २५ हजारसहित सम्मान गरिएको थियो।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालद्वारा संयुक्त आयोजित प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहेको क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाए।

प्रकाशित: २५ फाल्गुन २०७६ ०१:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App