७ वैशाख २०८१ शुक्रबार
समाज

'बरामद मूर्ति पुरातात्विक होइन'

बर्दिया- मूर्ति चोरेको आशंकामा प्रहरीले तीन साताअघि डेउढाकला माछागढका एक सर्वसाधारणलाई अनाहकमा गोली प्रहार गरेको पुष्टि भएको छ। डेउढाकला माछागढका ४७ वर्षीय रामबहादुर शाहीमाथि गोली प्रहार गरी उनीबाट प्रहरीले बरामद गरेको बुद्ध मूर्ति पुराताŒिवक नभएको प्रमाणित भएको हो। बायाँ घुँडामा गोली लागेर घाइते भएका शाहीको प्रहरी निगरानीमा जिल्ला अस्पताल, गुलरियामा उपचार भइरहेको छ।

प्रहरीले पठाएको मूर्ति परीक्षण गर्दा पुराताŒिवक नभई घरेलु हस्तकलामा आधारित रहेको पाइएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ। 'पुरातŒव विभागले उक्त मूर्ति परीक्षण गरेर पुराताŒिवक होइन भनिसकेको छ, प्रहरीले जुन आरोप लगाएको छ, त्यसमा आधार रहेको देखिँदैन,' सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता श्यामप्रसाद अधिकारीले भने। अधिकारीका अनुसार सय वर्ष ननाघेको मूर्तिलाई पुराताŒिवक मान्न मिल्दैन। 

जुम्लाको चन्दननाथ मन्दिरबाट मूर्ति हराएपछि विभिन्न क्षेत्रमा परिचालित प्रहरीले सुराकीको आधारमा उक्त क्षेत्रमा पनि खोजी कार्य तीव्र बनाएको थियो। नेपाल प्रहरी, सिआइबीको केन्द्रीय टोली, क्षेत्रीय अनुसन्धान ब्युरो र लक्ष्मना चौकीबाट परिचालित प्रहरीले छोटकी डेउडा नहरको पुलनजिक मंसिर २५ गते मूर्ति बरामद गर्ने क्रममा गोली प्रहार गर्दा  डेउढाकला माछागढका  शाही घाइते भएका थिए।

घाइते शाहीले भने वैशाख अन्तिम साता ललितपुरको एक पसलबाट २५ हजार रुपैयाँमा मूर्ति किनेको र बिल पनि आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् ।

'बढी मूल्य दिने भनेपछि मूर्ति बेच्न खोजेको थिएँ,' जिल्ला अस्पताल, बर्दियामा प्रहरीको निगरानीमा उपचार गराइरहेका शाहीले भने, 'म माथि त्यत्तिकै गोली प्रहार गरियो।' मूर्ति किन्ने भन्दै ग्राहकको भेषमा आएका प्रहरीले यसबारे सोधखोज नै नगरी आफूमाथि अन्धधुन्ध गोली हानेको उनको आरोप छ।

'मेरो गल्ती छैन, गोली नहान्नुस् भन्दाभन्दै तीन राउन्ड गोली चलाए, पहिलोचोटि हवाई फायर, दोस्रो गोली घुँडामा लाग्यो, र तेस्रो गोली लागेर मेरो जुत्ता च्यात्तिएको छ,' शाहीले भने। स्थानीय बिहारीकृष्ण चौधरीले गाउँमा बुद्धको मूर्ति किन्ने व्यापारी आएका छन् भन्ने खबर गरेपछि घरायसी गर्जो टार्नका लागि उक्त मूर्ति बेच्न खोजेको परिवारको भनाइ छ।

घरमा पूजाआजा गर्न मूर्ति किनेर ल्याएको परिवारले जानकारी दिएको छ। पूजा गर्न आवश्यक पर्ने भएकाले बुबाले बुद्ध मूर्ति किनेर ल्याएको छोरा विवेक शाहीले जनाए। 'हाम्रो घरमा बुद्धको मूर्ति छ भन्ने सबैलाई थाहा थियो,’ उनले भने, 'पैसा खाँचो भएको र किनेको भन्दा बढी  मूल्य पाएकाले बेच्न लागेका थियौं, आखिर, यस्तो घटना भयो।' प्रहरीले ज्यादतीपूर्वक बुबामाथि गोली प्रहार गरेको उनको भनाइ छ।

शाहीलाई चिन्ने गाउँका स्थानीयले पनि उनी गलत धन्दामा लाग्ने गरेको बारे जानकारी नभएको बताएका छन्। 'हामीले थाहा पाएसम्म उनले अहिलेसम्म त्यस्तो अवैध काम गरेको जानकारी छैन,' नाम उल्लेख गर्न नचाहने एक स्थानीयले भने, 'एक्कासि उनीमाथि यस्तो घटना भएपछि अचम्म लागेको छ।'

अस्पतालका अनुसार प्रहरीले प्रहार गरेको गोली घुँडाको अघिल्लो भागमा लागेर पछाडिबाट निस्केको छ।

 

शाही पुर्पक्षका लागि थुनामा

पुराताŒिवक वस्तु किनबेचसम्बन्धी मुद्दाअन्तर्गत कारबाही अघि बढाइएका शाहीलाई जिल्ला अदालतले बुधबार पुर्पक्षका लागि  थुनामा राख्न आदेश गरेको छ । यसअघि पक्राउ परेकी उनकी फुपू राधा सिंहलाई ७५ हजार धरौटी लिएर तारेखमा छाडेको छ। 

जिल्ला न्यायाशीश रमेश शर्मा पौडेलको इजलासले शाहीलाई पुर्पक्षको लागी थुनामा राख्न दिएको हो। अभियोग पत्र दर्ता भएदेखि फैसला हुने अवधि सम्म पुर्पक्ष वा धरौटी तारेख राख्न सकिने स्रेस्तेदार हिरण्य प्रसाद भण्डारीले बताए।

प्रहरीले विपक्षी बनाएको स्थानीय विहारी चौधरी सम्पर्कमा नआएकाले मुद्दा लम्बिन सक्ने एक कानुन व्यवसायीले बताए। प्रहरीले भने उक्त मूर्ति परीक्षणका लागि पुरातŒव विभागमा पठाइएको र त्यसको रिपोर्ट आइनसकेको जनाएको छ।  'उक्त मूर्ति ऐतिहासिक महŒवको हो कि होइन भन्ने यकिन भइसकेको छैन,' एसपी भरतबहादुर बोहराले भने।

प्रकाशित: २२ पुस २०७३ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App