४ वैशाख २०८१ मंगलबार
समाज

स्कुल भ्यानसहित दश सवारी साधन एकापसमा ठोक्किदा १५ जना घाइते

भक्तपुर- अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवीमा काठमाडौं वल्ड स्कुलको भेन दुर्घटना भएको छ। दुर्घटनामा परी नौ जना विद्यार्थीसहित १५ जना घाइते भएका छन्। स्कुलको गाडीले अगाडिको गाडीलाई ठोक्किनबाट बचाउन ब्रेक लगाउदा पछाडि आइरहेका दश वटा सवारी साधनहरु एक आसपमामा ठोक्किएका थिए।

चुनदेवीस्थित सडकमा सूर्यविनायकबाट सल्लाघारीतर्फ जादै गरेको प्रदेश नं ३०१ ००३ प ४६४७ काठमाडौ वल्ड स्कुलको भेनले अगाडि गइरहेको सवारी साधनलाई जोगाउन अचानक ब्रेक लगाउदा पछाडि आउदै गरेको बा १६ च ४३६१ नं को टाटा मोबाइल गाडीले ठक्कर दिई दुर्घटना हुँदा उक्त टाटा मोबाइलको पछाडि आउदै गरेका बा ४१ प ४४०९ नं को मोटरसाइकल, बा ३ ख ३३४९ नं को बस, स्टेट ३ बा २८३६ नं को कार, बा ७० प ४४४५ नंको मोटरसाइकल, प्रदेश नं ३ ०२ ००७ प ९६६४ नंम्वरको स्कुटी, प्रदेश नं ३ ०१ ००३ क ४६४४ नंम्वरको भेन, प्रदेश नं ३ ०१ ००३ क ४६४१ नंम्वरको भेन, प्रदेश नंम्वर ३०२ ०१० प ३७६३ नंम्वरको मोटरसाइकलसमेत गरी १० वटा सवारी साधनहरू ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १५ जना मानिसहरु घाइते भएका र उनीहरुको उपचारार्थ तत्कालै नजिकैको डा इवामुरा अस्पताल सल्लाघारीमा लगीएको थियो। सामान्य घाइते उनीहरु सबैको उपचारपछि घर फकाइएको प्रहरीले जनाएको छ।
 

प्रकाशित: २४ फाल्गुन २०७६ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App