coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार : चिकित्सक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकहरुले बताएका छन्। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई खाना दिइनुका साथै हिड्डुल समेत गराउन थालिएको छ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्री ओलीको फिजियोथेरापीलाई समेत निरन्तरता दिइएको छ। उनको भाइटल र ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका छन्। कार्यकारी निर्देशक खड्काका अनुसार मृगौलादाता समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि सुधार भइरहेको छ। उनले पनि हिडडुल गर्न थालेका छन्।

प्रकाशित: २४ फाल्गुन २०७६ ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App