coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सकसमा दुर्गमका अस्पताल

जिल्ला अस्पताल रोल्पा। तस्बिरःदिनेश/नागरिक

रोल्पा - दुर्गमका अस्पतालका बारेमा राज्य बिगतमा जस्तै यतिबेला पनि गम्भिर बन्न सकेको छैन। विश्वभर कोरोना भाइरसको संन्त्रास फैलिरहदा नेपालले पनि जोखिम न्यूनिकरण तथा पूर्र्व तयारीमा रहेको जानकारी दिएको छ। आम नेपालीको एउटै कामना छ ‘कोरोना नेपाल नभित्रियोस, यदि भित्रियो भने पनि क्षति नपु-याओस।’

सामान्य रुघा खोकीका बिरामीको चाप बढ्दा बिरामी राख्न नसक्ने अवस्थाको जिल्ला अस्पताल रोल्पामा महामारी नै फैलियो भने ‘भगवान भरोसा’ भन्नुको विकल्प छैन। १५ शैयाको यो अस्पतालमा स्थानीय श्रोत ब्यबस्थापन गरेर अस्पताल प्रशासनले साँघुरो कोठामा दुई चारवटा बेड संख्या बढाएको भए पनि प्रयाप्त भने छैन।

सामान्य दुर्घटना वा कुनैबेला बिरामीको चाप बढ्दा गल्ली समेत शैयाको रुपमा प्रयोग गर्ने रोल्पा अस्पताल सुधारका लागि राज्य स्तरबाट गतिलो पहल कहिल्यै भएको छैन। ‘कोरोना वा अन्य बिरामीको चाप बढ्यो भन्ने अस्पताललाई थेग्न गाह्रो हुन्छ। हामीसंग प्रयाप्त बेड पनि छैन, राख्ने स्थान पनि प्रयाप्त।’ अस्पताल प्रमुख डा. धनमाया घर्तीले बताइन।

त्यसो त यहाँ कुनै कोरोनाका संका लाग्यो भने जाच गर्ने बिधि पनि छैन। बिरामीको संका लाग्यो भने आवस्यक परिक्षणका लागि काठमाण्डौ पठाउनुको बिकल्प छैन। ‘हामीले लक्षणका आधारमा जाच गर्ने हो अरु बिधि छैन।’ डा. घर्तीले भनिन् ‘आईसोलेसनमा राख्न सक्ने सम्भावना छैन तर त्यस्तो जटिल अबस्था आयो भने एउटा कोठा तयार गर्ने मानसिकता भने बनाएका छौ।’

राज्यको आखामा कहिल्यै नपरेको कारण जिल्ला अस्पताल रोल्पामा सेवा सुबिधा थप हुन नसकेको स्थानीयको आरोप छ। ‘राज्यको निरिहता हो। अस्पतालको स्तर उन्नती तर्फ कहिल्यै चासो गएन।’ पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने भन्छन् ‘आजको युगमा हाम्रो अस्पतालमा टेलिफोन सुबिधा समेत छैन।’

प्रकाशित: २४ फाल्गुन २०७६ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App