७ वैशाख २०८१ शुक्रबार
कला

सिर्जना जन्मिदैँ, साहित्य जोगाउँदै

जुम्ला आयोजित पुस्तक बिमोचन कार्यक्रम । तस्बिर : नागरिक

जुम्ला- जुम्लाका पुरिचन्द्र देवकोटा वर्षेनी एउटा कृति लेख्छन्। उनी कर्णालीको खस साहित्यलाई प्रर्बद्धन गर्न चाहान्छन्। यो पटक उनले साहित्यीक यात्रा प्रकाशित गरेका छन्। त्यो कृतिमा कर्णालीको आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रलाई राम्ररी उजागार गरिएको छ। साथै नवोदित स्रष्टाका सिर्जनासमेत समावेश गरिएको छ। देवकोटाका कर्णाली दर्पण र रारा पथप्रदर्शक नाम कृति यसअघि नै प्रकाशित भइसकेका छन्।

जुम्लाका साहित्यकार लालप्रसाद चौलागाई देवकोटाका कृतिले संस्कार हराएको संस्कृति, बाटो बिराएको राजनीति र हराउदै जान थालेको कला र प्रतिभाको खरो रुपमा उजागार गरेको बताउँछन्। तातोपानी गाउँपालिका ५ का खडानन्द चौलागाईको अनियन्त्रित मनका बरालिएका सपनाहरु नामक कृति सार्वजनिक भएको छ। यो कृतिमा मनका भावना छचल्किएका छन्। समाजको हरेक पक्षलाई साहित्यका माध्यमबाट उजागार गर्ने प्रयास गरिएको छ। उनका चार वटा कृति यसअघि नै प्रकाशित छन्। लेखक चौलागाई भन्छन्, ‘कणालीमा साहित्यको क्षेत्र निकै फराकिलो छ। तर साहित्यकारको प्रतिभाको उचित संरक्षण हुन सकेको छैन। सिर्जना जन्माउने र साहित्य जोगाउने अभियानमा जुम्लाका स्रष्टा लागि परेका छन्।

कर्णालीका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी चाँदीको घेरा नामक पुस्तकका लेखक हुन्। उनले त्यो कितावमा जनयुद्धका हरेक पक्षलाई सुक्ष्म तरिकाले समावेश गरेका छन्। उनी पछिल्लो समयमा चाँदीको घेरा दुई प्रकाशन गर्ने तयारीमा छन्। मन्त्री भण्डारी भन्छन्,‘कृति जन्माउनु स्रष्टालाई सन्तान जन्माउनु जस्तै हो। जसरी एउटा आमालाई सन्तान जन्माउन गाह्रो हुन्छ, त्यति नै गाह्रो स्रष्टालाई कृति जन्माउन।’ उनी साहत्यले समाजको सेवा गर्नुपर्ने तर्क गर्छन्।

तातोपानी गाउँपालिका अध्यक्ष नबराज न्यौपाने कर्णालीको खस साहित्य, इतिहास दर्शन राज्य बिलयसंगै बिलाई सकेको बताउँछन्। इतिहास गहिरो ढंंगले अनुसन्धान गर्नु कर्णालीका साहित्यकारको जिम्मेवारी हो। अहिले सम्म कथनमा आधारित साहित्य लेखिरहेका छौँ। कथन निकै तोडमोड गरिएका छन्। त्यसलै पाठक वर्गले सहजै रुपमा अध्ययन गर्न सक्ने खालका सिर्जानामा जोड दिनुपर्छ। यहाँको खस भाषा र सभ्यताको पक्षमा कर्णालीको साहित्य लाग्नु पर्नेमा जोेड दिए।

जुम्ला बहुमुखि क्याम्पसका प्रमुख बसन्तराज भण्डारीले कर्णालीले साहित्यको क्षेत्रमा निकै उचाइ थप्दै गइरहेको बताउँछन्। यहाँका स्रष्टाले खस साहित्यमाथि गरेको प्रयास निकै प्रशंसनीय छ। उनले भने,‘पुस्तकहरुमा साहित्यीक अनुभव,सुखद, मध्यम र कठिन पक्षको प्रभावकारी समन्वय देखिदै आएको छ। उनले थपे,‘ यहाँ विभिन्न व्यक्तिहरुको कृतिहरु पनि छन्। व्यक्तिको अनुभव र स्थानका बारेमा स्पष्ट पार्ने प्रयास भइरहेको छ। यो निकै राम्रो पक्ष हो।’ जुम्लाका दर्जन बढि स्रष्टाले झण्डै तीन दर्जन बढि कृति प्रकाशन गरिसकेका छन्।
 

 

प्रकाशित: २४ फाल्गुन २०७६ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App