८ वैशाख २०८१ शनिबार
समाज

कोरोनाबारे जनचेतना फैलाउदै युवा

बालकल्याण नमुना माविमा कोरोनाबारे जानकारी दिँदै । तस्बिर: दिनेश/नागरिक

रोल्पा- गाउँमा आएको सरकार भनेर चिनिएको स्थानीय सरकारले जनस्वास्थ्यको सवालमा गम्भीरता नदेखाएपछि स्थानीय युवाहरुको सकृयतामा कोरोना सम्बन्धि जनचेतना फैलाउने काम सुरु भएको छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना आतंक र त्यसबाट कसरी बच्ने भन्ने सवालमा युवाहरुले बिभिन्न विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकसंग छलफल सुरु गरेका हुन्।

सतप्रयास मिडिया ग्रुपको कोशिस अभियानमा लागेका युवाहरुले जिल्ला अस्पतालका डा. सपना कर्णको सहयोगमा बिहीबार बालउदय मावि माडिचौर र शुक्रबार बालकल्याण नमुना माविमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरे। डा. कर्णले कोरोनाका बारेमा जानकारी दिँदै बच्ने उपाय र सावधानीका बारेमा प्रस्ट पारेकी थिइन्।

विद्यालयमा गरिएको जानकारीमुलक कार्यक्रममा विद्यार्थी र शिक्षकले डा. कर्णलाई कोरोना सम्बन्धि विषयमा बिभिन्न सवाल गरेका थिए। विद्यालयमा सचेतनामुलक कार्यक्रम गरेका युवाहरुले जनस्वास्थ्यका विषयमा स्थानीय सरकारले चासो दिनुपर्ने बताए। स्थानीय युवा केबि डागिले भने ‘हामिले सुरुवात मात्र गरेका हौ। यसलाई स्थानीय सरकारले निरन्तरता दिनुपर्छ।’

सोहि कार्यक्रमको अवसर पारेर युवा व्यवसायी तिरजपती बुढाले विद्यालयलाई मास्क, साबुन लगायतका सामाग्री दिएका थिए।

बिभिन्न कार्यक्रमहरु स्थगित
कोरोनाको सन्त्रास फैलिएसंगै रोल्पा जिल्लामा हुने भनिएका बिभिन्न कार्यक्रमहरु स्थगित गरिएका छन्। रोल्पा सदरमुकाममा फाल्गुन २२ देखि चैत २ गतेसम्म हुने भनिएको प्रादेशिक महोत्सव अन्तिम चरणमा आएर स्थगित गरिएको छ। त्यसैगरि २५ गते गर्ने भनिएको अन्र्तराष्ट्रिय महिला दिवस पनि रोकिएको छ।

जिल्लामा फागुनको अन्तिमदेखि चैतको पहिलो सातासम्म सञ्चालन गर्ने भनिएको आखा शिबिरसमेत रोकिएको रेडक्रस रोल्पाले जनाएको छ। उता चैतको पहिलो साताबाट सुरु गर्ने भनिएको वार्षिक परिक्षा पनि चैत ५ गते सक्ने गरि निर्णय गरिएको बिभिन्न स्थानीय तहरुले बताएका छन्।

निमित्त प्रमुख जिल्ला अधिकारी नबराज शर्माका अनुसार जिल्लामा गर्ने भनिएका ठूला कार्यक्रम अहिलेलाई रोकिएको छ। ‘ठूलो संख्यामा जम्मा भएर गरिने कुनै पनि कार्यक्रम तत्काल हुने छैनन्।’

 

प्रकाशित: २४ फाल्गुन २०७६ ०७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App