प्राविधिकतर्फ कक्षा ११ को नतिजा सार्वजनिक

बिहिबार, २१ पुष २०७३, २० : ५६ नागरिक

भक्तपुर-राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज प्राविधिकतर्फको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । 

प्राविधिकतर्फ बोर्डले पहिलोपटक सार्वजनिक गरेको परीक्षाको नतिजामा कुल २१ दशमलव ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । 

प्राविधिकतर्फ प्रवेशिका परिक्षा उत्तीर्ण गरेर कक्षा ११ को परीक्षामा सहभागी भएका कुल दुई हजार १७८ परीक्षार्थीमध्ये परीक्षामा ४६९ जना उत्तीर्ण भएका छन् । 

सरकारले नमुनाका रुपमा एक जिल्लामा एक प्राविधिक उमावि सञ्चालन गर्ने उद्देश्यले प्राविधिकतर्फ प्रवेशिका परिक्षा उत्तीर्ण भएका विद्यार्थीलाई कक्षा ११ मा प्राविधिक विषय अध्ययन गर्न अनुमति प्रदान गरेर अनुदानसमेत उपलब्ध गराएर कक्षा सञ्चालन गरेको थियो । 

त्यसैगरी केही वर्षअघि शैक्षिक जनशक्ति विकास केन्द्रले १० महिना तालिम लिएर लामो समय शिक्षण पेसामा रहेका शिक्षकका लागि सञ्चालित आंशिक परीक्षाको नतिजा पनि आज सार्वजनिक भएको छ । 

आंशिक परीक्षाका रुपमा अन्तिम मौकास्वरुप लिएको परीक्षामा दुई हजार ३३३ जना सहभागी भएकामध्ये ६८९ जना उत्तीर्ण भएका छन् । सो परीक्षामा २९ दशमलव ५३ प्रतिशत उत्तीर्ण भएको अर्यालले जानकारी दिए । रासस 








यसमा तपाईको मत

अन्य समाचार

पल्सर डेयर भेन्चरले भोलि रंगशाला  सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि रंगशाला सफा गर्ने

पल्सर डेयर भेन्चरले भोलि हुने नेपाल र भुटानबीचको फाइनल खेल समापन पश्चात स्टेडियम सफा गर्ने जनाएको छ। ...

लिखु–एको भूमिगत काम सम्पन्न

लिखु–एको भूमिगत काम सम्पन्न

एमभी दुगड ग्रुपद्वारा सोलुखुम्बुमा निर्माणाधीन २९.४ मेगावाट क्षमताको लिखु–ए जलविद्युत् आयोजनाको २.५ किलोमिटरको सुरुङ तथा सबै भूमिगत संरचनाको निर्माण सकिएको...

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसनको एकीकृत कारोवार शुरु

तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ। ...

मेडिकल एन्ड ल्याब एक्सपो हुने

मेडिकल एन्ड ल्याब एक्सपो हुने

इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल भारतको सहकार्यमा मेडिकल र डायग्नोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल सो’ हुने भएको छ । ...

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad