coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जनमानसमा संन्त्रास, सरकार भन्छ– आत्तिनुपर्ने स्थिति छैन

काठमाडौं – गत साता विश्व स्वास्थ संगठनका महानिर्देशक टेड्रोस अभानोम घेव्रेससले कोरोनाभाईरस नियन्त्रणमा नेपालको प्रयासको सराहना गरे।

कोरानाभाईरसको  नियन्त्रण गर्ने प्रयाशहरुले काम गर्छन् भन्ने  चीन, सिंगापुर, भियतनाम र नेपालले देखाएका छन्, आफ्नो दैनिक प्रेश व्रिफिङका क्रममा उनले भने।

चीनको हुआनमा अध्ययनरत ३२ वर्षीय एक व्यक्रि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत जनवरी २३ तारिखमा भर्ना भएका थिए। उनीमा कोरोना भाईरसको संंक्रमण देखिएको थियो। तर १० दिनको उपचार पछि उनी सकुशल घर फर्केका थिए। उनको उपचारमा संलग्न स्वास्थकर्मी सहित उनका नजिकका ५० जनालाई संक्रमणको आशंकामा पछि परिक्षण गरियो। तर कसैमा पनि भाईरसको लक्षण भेटिएन।

विश्व स्वास्थ संगठनका महानिर्देशक घेव्रेससले त्यही घटनालाई आधार मानेका थिए। अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले कोरोना भाईरसका वारेमा अद्यावद्यिक सुचना दिने इन्टरनेट ड्यासवोर्डको स्थापना गरेको छ। यो वोर्डमा नेपालमा एक कोरोनाभाईरसको केश भेटिएको र पछि सन्चो भएको भनेर उल्लेख गरिएको छ।

‘आवश्यक संरचना र तयारी गर्न नसकेको भनेर आलोचना भैरहेको सन्र्दभमा विश्व स्वास्थ संगठनका महानिर्देशकले भनेझै हामीले संक्रमण नियन्त्रणका प्रयाशलाई अरु शसक्त पार्नुवाहेक अरु विकल्प छैन ‘  सरुवा तथा रोग नियन्त्रण महाशाखाका प्रमख डा वासुदेव पाण्डे भन्छन्।

हुआनवाट फर्केका ती युवा वाहेक कोरोनाका सक्रमणको कुनै केश नेपालमा पुष्टि भएको छैन। तर गत मार्च ३मा एक वेलायती दैनिक डेलीमेलले नेपाल भ्रमणवाट फर्केका एक स्पेनिश नागरिकको स्पेनको शहर भ्यालेन्सियामा मृत्यु भएको समाचार प्रकाशन गर्यो। कोरोनाका कारण मृत्य हुनेमा उनी स्पेनका पहिलो व्यक्ति भएको पनि समाचारमा उल्लेख गरिएकोछ।

महाशाखा प्रमुख पाण्डे यो घटनाको जानकारी प्राप्त भएको तर मृत भनिएका ती व्यक्ति नेपालमा कहां र कति दिन वसेका थिए भन्ने जानकारी प्राप्त नभएको वताउंछन्।

हामीले यो घटनाको विस्तृत जानकारी लिन सवन्धितनिकायसंग सोधखोज गरेका छौ,ु उनले भने। तर ती व्यक्ति स्पेन फर्किनु अघि अन्य देशको पनि यात्रा गरेकाले भाइरसको सक्रमण नेपालमा नै भएको भनेर एकिन गर्न नसकिने तर्क उनको छ।

कोरोना भाईरस संक्रमणका यी दुई उदाहरण वाहेक हालसम्म नेपालमा अरु कुनै व्यक्तिलाई संक्रमण भएको भनेर पुष्टि भएको छैन। यही कारणले पनि आमनागरिकलाई आत्तिनु पर्ने स्थिति छैन भनेर दावी गर्न संवन्धित अधिकारीहरुलाई अवसर मिलेकोछ।

नेपालमा हाललाई आत्तिनपर्ने कुनै स्थिति छैन र मलाई विश्वास छ नेपालमाकोरोनाभाईरसको संक्रमण छैन, केहीदिन अघिसम्म  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकको रुपमा काम गरेका पाण्डे थप्छन।
उनले वसन्तरितुको आगवन संगै तापक्रम वढने क्रम रहेकाले पनि कोरोना भाइरसको नियन्त्रण गर्न तुलनात्मक रुपमा सजिलो हुने दावी गरे। यो भाइरस वोसोको सानो तहले घेरिएको हुन्छ र ताफक्रम वढ्दा यो निष्क्रिय रहन सक्छ, उनी भन्छन।

यसैगरी सरकारले पछिल्ला दिनहरुमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको हेल्थ डेस्कको एउटा सिफ्टमा ३० जना स्वास्थकर्मी खटाएको, ज्वरो नाप्ने थर्मल स्कानर थप गरिएको र अधिकांस यात्रुहरुलाई चेक जांच गर्ने व्यवश्था गरिएको र जमिनवाट आउने यात्रुहरुको नियमन गर्न सवै भंसार नाकामा स्वास्थकर्मीहरु तैनाथ गरिएको समेत सरकारी अधिकारी वताउंछन।

विश्व स्वास्थ संगठनका अनुसार कोरोना संक्रमित १ सय जनामध्ये सरदरमा८० जनाको घरमै वसेर उपचार गर्न सकिने, १५ जनालाई अस्पतालमा भर्ना गरेर उपचार गर्नु पर्ने र ५ जनालाई मात्र भेन्टिलेटरमा सघन उपचार गर्नुपर्ने हुन्छ। नेपालको सन्दर्भमा रोगको संक्रमणको स्तर वढेको अवश्थामा र  एकैपटकमा धेरै विरामीलाई सघन उपचार गर्न लागि आवश्यक तयारी भएको देखिदैन र सरकारी अधिकारी यस्को तयारी व्यवश्थापनलाई चुनौती नै मान्छन।

हामीले राजधानीका ६ वटा सरकारी अस्पतालमा १३६ जनाविरामीकालागिआइसियको वेडमा राखेर उपचार गर्न सक्ने व्यवश्थागरिसकेका छौ,ु पाण्डे भन्छन। ती अस्पतालहरुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, सिभील अस्पताल, नागरिक अस्पताल र विरेन्द्र सैनिक अस्पताल रहेकाछन। आवश्यक परेमा नीजि अस्पताललाई पनि यस्ता सुविधा उपलव्ध गराउन अनुरोध गरिनेछ, उनी भन्छन।

सरकारले कोरोनोको संभावित प्रकोपलाई सम्वोधन गर्न उप तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा एक कार्यदल निर्माण गरेकोछ भने स्वास्थ तथा जनसख्या मन्त्रीको अध्यक्षतामा व्यवश्थापन समिती र स्वास्थ तथा जनसख्या सचीवको सयोजकत्वमा निर्देशक समिती समेत गठन गरेर विभिन्न प्रयाशहरुलाई अगाढी वढाएकोछ। यसैगरी स्वास्थविभागको महानिर्देशकले नेतृत्व गरेको एक प्राविधिक समितीले भाइरस सक्रमण नियन्त्रणका लागि कार्यविधि समेत वनाएकोछ। यो कार्यविधिमा विरामीलाई घरघरमै गएर क्वारेन्टाइन गर्ने देखि लिएर अन्य आवश्यकउपायहरु अवलम्वन गर्ने भनेर उल्लेख गरिएकोछ। हालसम्म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७जना सभावित विरामीलाई आइसोलेशन वार्डमा राखेर परिक्षण गरिएकोछ।

सरकारी तयारी हुदाहदै पनि यो नितान्त नौलो किसीमको भाइरसको नियन्त्रणका लागि आवश्यक सरचना, जनशक्ति र आमजनचेतनाको अभाव रहेको स्वयंम सरकारी अधिकारीहरु स्वीकार गर्दछन।

चीनसंग सिमाना जोडिएको र व्यापार तथा अध्ययनको हिसावले दुई देशविचको आवातजावत वाक्लो भएको, यो भाइरसले अत्यधिक प्रभाव पारेको राष्ट्रहरुमा नेपालीहरु कार्यरत रहेको र छिमेकी मुलुक भारतमा हालसालै यो भाइरस संक्रमितको सख्या वढ्दो क्रममा रहेकाले नेपालजोखिमयुक्त राष्ट्रमा पर्ने विज्ञको तर्क छ।

'नेपालमा कोरोना भाइरसको प्रभाव छैन भनेर विश्वास गर्न सकिन्न,' जनस्वास्थका वैज्ञानिक समिरमणि दिक्षित भन्छन, 'हामीसंग पर्याप्तरुपमा परिक्षण गर्ने र अनुगमन गर्ने व्यवश्था छैन र रोकको असर स्पष्ट नदेखिकन पनि यस्को संक्रमण भैरहेको हुन सक्छ।' उनी यो रोगकाकारण वृद्धवृद्धाहरु वढी  जोखिममा रहने भएकाले पनि त्यो समुहमा हुने संभावित संक्रमण रोक्न राष्ट्रको ध्यान जानुपर्ने वताउछन।

यसैगरी अर्काे चिन्ताको विषय यो रोगको नियन्त्रण गर्न स्वास्थकर्मीलाई आवश्यक पर्ने सर्जिकल मास्क लगायतका अन्य व्यक्तिगत सुरक्षा साधनहरुको अभाव र चर्काे मुल्य वृद्धि रहेकोछ। गत मंगलवार विश्व स्वास्थ संगठनले एक विज्ञप्तीनै निकालेर यस्ता सामानहरुको अभावले स्वास्थकर्मीहरुलाई जोखीम वढेको वताएको थियो। नेपालको सन्दर्भमा पनि वजारमा सर्जिकल मास्कको अभाव रहेको छ भने स्वास्थकर्मी लगायत आमउपभोक्ता त्यस्ता सामानको खरिद गर्दा वढी मुल्यतिर्न वाध्य छन।

स्वास्थ मन्त्रालयमा सहसचीव डा विकास देवकोटा यसप्रकारको संकटको सामना गर्न नीजि क्षेत्र र सरकारी क्षेत्रको सहकार्य आवश्यक रहने वताउछन्। 'हामीले अत्यावश्यक सामानहरुको निर्वाध आपुर्तिकालागिप्रयाशथालीसकेकोछौ र त्यस्को अभावहुने छैन', उनी भन्छन।

'सरकारले कोरोनाभाइरसको सभावित जोखिम रोक्न सवै उपाय र सयन्त्रको परिचालन गरेकोछ र आमसमुदायलाई आत्तिनुपर्ने स्थिति छैन,' डा देवकोटा भन्छन्।

आम जनसमुदायमा वढी सन्त्रास देखिनुको कारण यो भाइरसको वारेमा आधारभुत र अद्यावद्यिक ज्ञान नहुनु पनि रहेकोछ। स्वास्थ मन्त्रालय लगायत अन्यकुनै पनि सरकारी निकायले गरेको एकाध प्रयाशवाहेक हालसम्म यो रोगको वारेमा नेपाली भाषामाआम जानकारी दिन निर्दिष्ट वेवसाइट वनाउन सकेका छैनन।

'हामीलाई धेरै ठांउवाट यसप्रकारको वेवसाइट लिंकनिर्माण गर्न अनुरोध आएकोछ र स्वास्थमन्त्रालयकै वेवसाईटमा यस प्रकारका सुचनाहरु अद्यावद्यिकगर्ने तर्फ हामीकार्यरत छौ' डा देवकोटाले भने।

चीन वुहानवाट शुरु भएको कोरोना भाईरसका कारण हालसम्म ३,३०० जनाको मृत्यु भैसकेकोछ भने झण्ढै ८५ देशका फैलिएको यो भाईरसवाट ९७ हजार संक्रमित भएका छन्।

प्रकाशित: २४ फाल्गुन २०७६ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App