coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दार्जीलिङ दोस्रो चरणमा

सर्लाही - सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगितामा क्षमादेवी प्लानिङ ब्वाइजलाई ६–३ गोलले हराउँदै युनाइटेड खारसाङ फुटबल क्लब दार्जीलिङ दोस्रो चरणमा प्रवेश गरेको छ।

सन्तोष श्रेष्ठ स्मृति मैदानमा खेलको ३७औं मिनेटमा दार्जीलिङका सिद्धान्त क्षेत्रीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। मध्यान्तरअघि इन्जुरी समयमा क्षमादेवीका सतिस सुवालले आत्मघाती गोल गरेपछि दार्जीलिङले अग्रता दोब्बर बनाउने अवसर पायो। क्षमादेवीकै फागुनन्द चौधरीले क्लियर गरेको बल सुवालको खुट्टामा लागेर जाली चुम्न पुग्यो। ४९औं मिनेटमा दार्जीलिङका गणेश लिम्बुले गोल गर्दै ३–० ले अगाडि बढाए। आशिष देवानको कर्नर प्रहारको बललाई लिम्बुले हेडमार्फत गोल गरे। गर्‍यो

५१औं मिनेटमा दार्जीलिङका प्रशान्त गुरुङले गोल गर्दै ४–० को फराकिलो अन्तर बनाए। तर, त्यसपछि लगातार तीन गोल गर्दै क्षमादेवीले खेलमा फर्किने प्रयास गरेको थियो। ५७औं मिनेटमा आशिष श्रेष्ठले, ५९औं मिनेटमा फागुनन्द चौधरीले र ६४औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै क्षमादेवीलाई बराबरी उन्मुख पुर्‍याएका थिए। यद्यपि, ६८औं मिनेटमा दार्जीलिङका शिव राउतले गोल थपेपछि क्षमादेवी ५–३ ले पछि पर्‍यो। ८०औं मिनेटमा दार्जीलिङले पाएको पेनाल्टी अवसरमा कप्तान विरेन प्रधानले सहजै गोल गर्दै आफ्नो टोलीलाई ६–३ ले अगाडि बढाए। ९०औं मिनेटमा दुवै टोलीका खेलाडीले रातो कार्ड बेहोर्दा मैदान छाड्नुपरेको थियो।

दार्जीलिङका राज राउतलाई क्षमादेवीका किरण बोहराले लडाउँदा उत्पन्न विवादपछि रेफ्रिले दुवैलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए। दार्जीलिङको तुलनामा क्षमादेवी पाएको अवसर गोलमा परिणत गर्न नसक्दा हार स्वीकार्न बाध्य भयो। म्यान अफ दी म्याच घोषित दार्जीलिङका सिद्धान्त क्षेत्रीले ट्रफिसहित १० हजार रुपैयाँ र एकजोर बुट समेत प्राप्त गरे। शनिबार नव जनजागृति युवा क्लब सिमरा र नेपाल पुलिस क्लबबीच खेल हुने आयोजक समितिका दीपक लामाले जानकारी दिए।

प्रकाशित: २४ फाल्गुन २०७६ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App