८ वैशाख २०८१ शनिबार
राजनीति

संविधान संशोधन जरूरी छः डा.भट्टराई

लमजुङ–नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन हुनु आवश्यक रहेको बताएका छन् ।

नयाँ शक्ति जिल्ला कार्यसमिति लमजुङले बिहीबार बेसीशहरमा आयोजना गरेको ‘सम्वृद्धि संभव छ हाम्रै पालामा’ विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् । उनले संविधान गतिशिल दस्तावेज भएकाले आवश्यकता अनुरुप संशोधन गर्न सकिने बताए । महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, विपन्न वर्गका खस–आर्य लगायतका समुदाय, वर्ग र भुगोलको मागलाई सम्बोधन गरेर जानु पर्ने उनको भनाइ थियो । 

एमाले अति राष्ट्रवादी बन्न खोज्दा र सरकारमा रहेका दलहरु सत्तामोहमा लहसिएका कारण गतिरोध अन्त्य हुन नसकेको उनको तर्क थियो। गतिरोध अन्त्यका लागि संविधान संशोधन गर्नै पर्नेमा भट्टराईले जोड दिए ।

राजनीतिक स्थायित्व नहुँदा देशले विकासको स्पष्ट बाटो समाउन नसकेकाले प्रत्यक्ष राष्ट्रपतीय निर्वाचन प्रणालीमा जानुपर्ने धारणा पनि उनले व्यक्त गरे । यसो गर्दा सरकार बलियो हुने र राजनीतिक अवस्थामा पनि सुधार आउने उनको धारणा थियो । कार्यक्रममा बोल्दै उनले नयाँ शक्ति र नेकपा माओवादी केन्द्रबीच एकीकरणको कुनै संभावना नरहेको पनि स्पष्ट पारे।

प्रकाशित: २१ पुस २०७३ १४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App