८ वैशाख २०८१ शनिबार
समाज

२० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

ताप्लेजुङ- जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अदालतबा २० वर्ष कैद सजायको फैसला भएपनि कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं १ साविक ढुङ्गेसाघु गाविस वडा नं ३ का प्रकाश तामाङ रहेका छन्। उनलाई प्रहरीले झापाको दमक नगरपालिका वडा नं २ गुम्बाचोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख९डिएसपी०ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।

पक्राउ परेका तामाङमाथि २०६६ साल मंसिर २ गते साविक ढुङ्गेसाघु गाविस वडा नं ३ का २४ वर्षिय राजेन्द्र वनेम लिम्बूलाई कर्तव्य गरी मारेको अभियोग रहेको छ। उनलाई ताप्लेजुङ जिल्ला अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको थियो।

प्रकाशित: २३ फाल्गुन २०७६ १३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App