coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘संघीयताबारे जनमतसङ्ग्रह गर्नुपर्छ’

राष्ट्रवादी महिला संघ नेपालकी अध्यक्ष तारा बराल

काठमाडौं– राष्ट्रवादी महिला संघ नेपालले हाल सीमाङ्कन गरिएको ७ प्रदेश खारेज गर्नुपर्ने भन्दै ११ बुँदे माग अघि सारेको छ।
महिला संघ नेपालले पत्रकार सम्मेलन गरेर अहिलेको सीमाङ्कन अवैज्ञानिक र अव्यवहारिक भएको भन्दै सबै प्रदेशलाई भारतसँगको व्यापारिक नाका जोड्ने गरी सीमाङ्कन कोर्नुपर्ने र संघीयताको बारेमा जनमतसंग्रह गर्नुपर्ने लगायतका ११ बुँदे माग अघि सारेको हो।

त्यस्तै संघले अघि सारेका मागहरुमा ३, ४ र ५ नम्बर प्रदेशलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यापारिक नाकाको रुपमा जोड्नुपर्ने समेत उल्लेख गरिएको छ। बिहीबार रिपोटर्स क्लबमा कार्यक्रम गरी संघले यस्तो माग अघि सारेको हो।

कार्यक्रममा संघकी अध्यक्ष तारा बरालले सरकारले जनतालाई न्याय दिने काम नगरेको भन्दै ३, ४ र ५ नम्बर प्रदेशका जनताले आफ्नो अधिकारको लागि एक पटक फेरि उठ्नुपर्ने बताइन्।  

अध्यक्ष बरालले देश कसैको दाइजो नभएको जिकिर गर्दै भनिन्, ‘यो देश कसैको फुटबल होइनर सीमांकन ५ जना दुष्ट खेलाडीको म्याच फिक्सिङ झैं दुई पैसाको लागि ९९ प्रतिशत जनमतलाई गलहत्याउँदै विदेशीलाई जिताउने खेल होइन, चेतना होस् फेरि पनि पराईका हातबाट कोरेको वा कोर्न लगाईएको अवैज्ञानि ७ वा ८ प्रदेशलाई नै निरन्तरता दिने क्रियाकलापलाई अघि बढाइरहे करोडौंको जनतालाई आफ्नो र देशको भविष्यको रक्षार्थ सिंहदरबार भित्र पसेर प्रतिकार गर्नुपर्ने र नेतृत्वको नै विकल्प खोज्नुपर्ने बाध्यता नआओस्।’
 

प्रकाशित: २१ पुस २०७३ १४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App