coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कोरोनाकाे अफवाहले कालाेबजारी माैलायाे : सांसद झाँक्री

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले कोरोना भाइरसको वास्तविकता भन्दा बढी अफवाह फैलिएका कारण कालोबजारी मौलाएको बताइन्। सांसदमा प्रस्तुत भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै यस्तो कुरा बताएकी हुन्।

कालोबजारी बढेका कारण मान्छेहरु निरास हुने र मानवीय संमवेदनाका धेरे पक्षहरु निर्मम र कठोर हिसाबले समाजमा देखिने अवस्था रहेकाले सरकारको उपस्थिति बलियो हुनुपर्ने बताइन्। कोरोनाका विषयमा सरकारको आधिकारिक धारणा आउनुपर्ने माग उनले गरिन्। 'एकातिर आत्तिनु पर्दैन भन्ने अर्कोतिर काम पनि नगर्ने । नेपालमा फैलियो भने यसको जोखिमबाट बच्न धेरै गाह्रो छ’, उनले भनिन्।  

स्वास्थ्यमा मात्रै नभएर यसले नेपालका अर्थतन्त्रमा पनि प्रभाव पार्न सक्ने तर्फ उनले सबैको ध्यानाकर्षण गराइन्। नेपालका आयोजनाहरुका समयमै पूरा नहुने चिन्ता एकातिर हुँदा भारत र चीनबाट आउने कामदारहरुको क्वारेन्टाइन गर्न पनि सरकारले ध्यान दिनुपर्ने उनले बताइन्।

कालोबजारी नियन्त्रण गर्ने, विमानस्थलमा मात्रै नभएर ढुवानीका साधानहरुमा पनि क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने र सीमा नाकाहरुमा पनि चेकजाँचको व्यवस्था गरी हेल्थ डेस्कको व्यवस्था गर्नुपर्ने माग उनले गरिन्।

प्रकाशित: २३ फाल्गुन २०७६ १०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App