coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सदनमा हात धुनुपर्छ भनेर भाषण गर्ने तर संसदबाहिर नै पानी छैन : सांसद तिमिल्सिना

काठमाडौं- नेपाली काङ्ग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले कोरोना भाइरस नियन्त्रणका लागि भाषणभन्दा पनि काम गर्नतिर सरकारले ध्यान दिनुपर्ने बताएका छन्। संसदमा प्रस्तुत सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै उनले सदनमा हात धुनुपर्छ भनेर भाषण दिने तर संसदबाहिर नै पानी नभएको उनले बताए।

'यहि सदनमा हात धुनुपर्छ भनेर भाषण धेरै माननियहरुले गरे तर संसदबाहिर पानी छैन यहि हो रोकथाम? खुला सिमाना छ। उनले भने, 'चीनले १० दिनमा १ हजार बेडको अस्पताल बनायो भन्ने तर नेपालमा भएको औषधि पनि लुकाएर बस्दा सरकार मुकदर्शक भएर बसेको छ। यस्ता कुराहरु संवेदनशील भएर हेर्नुपर्‍यो।'

उनले चिकित्सकहरुलाई आत्मबल दिएर काम गर्ने वातावरण बनाउनुपर्ने बताए। बिमा सुविधा देखि लिएर अन्य सेवा सुविधा समेत बढाउनुपर्ने माग गर्दै उनले यस्ता भयावहको अवस्थासँग जुध्न सबै एकजुट हुनुपर्ने बताए।

उपप्रधानमन्त्रीको संयोजकत्वमा सरकारले समिति बनाएपनि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल उपप्रधान तथा रक्षामन्त्री संसदमा अनुपस्थित भएको प्रति उनले आक्रोश व्यक्त गरे।

प्रकाशित: २३ फाल्गुन २०७६ ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App