एनआरएन युकेले मनायो स्थापना दिवस

शुक्रबार, २३ फागुन २०७६, १५ : ४६ नागरिक

लन्डन- गैरआवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले देशको समृद्धि हेर्न चाहेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सवमा सहभागी हुन बेलायत आएका पन्तलाई अल्डरशटस्थित एम्पायर हलमा हिजो विहीवार साँझ आयोजित एक विशेष समारोहलाई सम्वोधन गर्दै गैरआवासीय नेपालीहरुको सकृयतामा छिट्टै १० अर्बको लगानी नेपाल भित्रिने तयारीमा रहेको बताए।

पन्तले आफूले नेतृत्व लिँदा संघभित्र चुनौतिका पहाड छेडेर अगाडी बढ्नुपर्ने बाध्यता रहेको बताए। पन्तले गैरआवासीय नेपालीहरुको लगानीमा बालुवाटारमा किनेको जग्गामा दलालले संघलाई फसाएको बताए। उनले भूकम्प पीडितको लागि गोर्खाको लाप्राकमा बन्दै गरेको नमूना बस्तीको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। पन्तले विदेशमा बस्ने नेपालीहरुको लागि गैरआवासीय नेपाली नागरिकता बन्ने निश्चित भएको बताए। 'अहिले गैरआवासीय नेपाली सम्बन्धी नागरिकताको विषय संसदीय समितिमा छ त्यो अनुमोदन भएपछि नागरिकता पाउने निश्चित छ', पन्तले भने।

संघका महासचिव डा. हेमराज शर्माले विगत ३ महिनामा संघले गरेका गतिविधिका बारेमा प्रकाश पारे। उनले गैरआवासीय नेपाली संघ अब स्मार्ट एनआरएनको रुपमा विस्तार गरिने जानकारी दिए। उनले संघभित्र आर्थिक, भौतिक तथा संगठनात्मक सुधारका कामको थालनी गरिएको जनाए।

कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले बेलायत गैरआवासीय नेपाली संघको जननि भूमि भएको कारणले ऐतिहासिक देश भएको बताए। उनले विगत ३ वर्षको आफ्नो कार्यकालमा संघको गतिविधिलाई नजिकबाट नियाल्ने मौका पाएको बताउँदै तेस्रो पुस्ता तयार भइसकेको अवस्थामा दीर्घकालीन कार्यक्रम तय गर्न सुझाव दिए।

कार्यक्रमलाई स्वागत मन्तव्य दिदैं गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङले विगत ५ महिनामा संघले गरेका गतिविधिका बारेमा प्रकाश पारिन्। उनले एनआरएनलाई राम्रो एनआरएन बनाउने प्रयत्न गर्ने बताइन्। कार्यक्रम संयोजक तथा संस्थापक मध्यका एक रामशरण सिम्खडाले गैरआवासीय नेपाली संघ युकेको इतिहास खोतल्ने प्रयास गरेका थिए। कार्यक्रममा पत्रकार नरेन्द्र बस्नेतले तयार परेको श्रव्य दृष्यको प्रदर्शन गरिएको थियो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका पूर्वमहासचिव तथा आइसीसी सदस्य भक्त गुरुङले गैरआवासीय नेपाली संघ मुनाफारहित संस्था भएको बताए। उनले भातृभूमिका लागि केही गरौं भन्ने भावनाले उत्प्रेरित भएर स्थापना भएको जनाए। कार्यक्रममा अर्का पूर्वमहासचिव कृष्ण उपाध्यायले गैरआवासीय नेपाली नागरिकताको मुद्दा सबैको साझा भएको भन्दै गैरआवासीय नेपाली नागरिकताले सबै पक्षलाई समेटेर लैजाने बताए।

कार्यक्रममा यति नेपाली एसोसियसन् युकेका अध्यक्ष ध्रुब केसीले संस्थाको स्थापनाकालको स्मरण गरे। कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघ युकेका सल्लाहकार शिवजी श्रेष्ठले गैरआवासीय नेपाली संघ युकेको गत सेप्टेम्वर महिनामा सम्पनन निर्वाचनमा आर्थिक हिनामिना नभएको बताए। उनले निर्वाचन समितिले गरेको खर्च पूर्ण रुपमा पारदर्शी भएको प्रष्ट्याए।

कार्यक्रमलाई शुभकामना व्यक्त गर्दै संघका पूर्वअध्यक्ष महेन्द्र कंडेलले एनआरएनए अभियानमा थुप्रै नेपालीहरुको योगदान गरेको चर्चा गर्दै संघलाई बिघटनको बाटोमा जान दिन नहुने बताए। संघका संरक्षक सूर्य गुरुङले शुभकामना दिएका थिए भने कार्यक्रममा सयपत्री कल्चर ग्रुपले विशेष संस्कृतिक कार्यक्रमको प्रस्तुत गरेको थियो।





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad