coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वन्यजन्तुको अवैध चोरी सिकारी नियन्त्रण गर्न अभिमुखिकरण

शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज सुलिगाड डोल्पाले सुरक्षाकर्मीका लागि आयोजना गरेको एक दिने अभिमुखिकरण कार्यक्रममा सहभागी दुनैस्थित शसस्त्र प्रहरी बलका जवानहरु ।

डोल्पा- राष्ट्रिय निकुन्ज अन्तर्गतका वन जङ्गलमा हुने वन्यजन्तु तथा पन्क्षीहरुको अवैध चोरी सिकारी नियन्त्रण कार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिइएको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज वन क्षेत्र तथा मध्यवर्ती वन क्षेत्रहरुमा वर्षनी वन्यजन्तु तथा पन्क्षीहरुको चोरी सिकारी बढेपछि यसको नियन्त्रण प्रभावकारी रुपमा गर्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका छन्।

शे-फोक्सुण्डो निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजना तथा विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा सदरमुकाम दुनैमा गरिएको सशस्त्र प्रहरी बलका पदाधिकारीलाई वन र वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रमका सहभागीले उक्त कुरामा जोड दिएका हुन्।

वन्यजन्तु तथा वनजन्य अपराध नियन्त्रण,चोरी सिकारी हुन नदिन वन्यजन्तु र तिनका अङ्ग प्रत्याङ्गको अवैध व्यपार नियन्त्रण गर्न परिचालित निकायले नियमित अनुगमन विश्लेषण गरेर तयार पारेका मासिक प्रतिवेदनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुुपर्ने लगायत वन तथा वन्यजन्तु अपराध सम्बन्धि बनेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानून कानूनी व्यवस्थाबारे निकुन्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेल इकाई वन कार्यालयका प्रमुख जितेन्द्र महत लगायतकाले सहजीकरण गरेका थिए।

यसैगरि, शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जका विभिन्न निकुन्ज वन क्षेत्रमा पर्ने गाउँका युवाहरु परिचालित पाँच ओटा हिउँ चितुवा संरक्षण समिति, शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्तर्गतका १७ मध्यवर्ती वन उपभोक्ता समिति मातहत गठित १३ ओटा समुदायमा आधारित चोरी सकिारी नियन्त्रण युवा परिचालन समितिलाई उपभोक्ता समिति मार्फत निकुन्जले सशक्तिकरण गर्न आवश्यक तालिम दिँदै आएको निकुन्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए।

 

 

प्रकाशित: २३ फाल्गुन २०७६ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App