coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु श्रीमान घाइते

पाल्पा- टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ। तानसेन नगरपालिका(७, लामीडाडाँमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तानसेन–७, का ५५ वर्षीय मधु श्रेष्ठको मृत्यु भएको हो।

मोटरसाइकल चालक हिमाल श्रेष्ठ गम्भीर घाइते भएका छन्। दुवैजनाको नाता श्रीमान श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी बताएको छ। उनको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ। तानसेनबाट बुटवल जाँदै गरेको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई सोही दिशामा गएको लु २ ख ३१७८ नम्बरको टिप्परले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।

टिप्पर र चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २३ फाल्गुन २०७६ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App