वीरगंज– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्याथर्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवारको उमेरमा तोकेको हदबन्दीको विरोधमा बिहीबार साँझ वीरगन्जस्थित ठाकरराम बहुमुखी क्याम्पस अगाडी नेपाल विद्यार्थी संघआबद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। बुधवार बसेको त्रिविको ४२ औं त्रिवि सभा(सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको थियो।
‘उमेरको हद तोकिनु नै गलत हो, विद्यार्थी हुनका लागि उमेर हुन्छ र?,’ नेविसंघका क्याम्पस इकाई अध्यक्ष बदी तिवारीले भने, ‘भोट दिन पाउने हरेक विद्यार्थीलाई उमेदवारी दिने स्वतन्त्रता पनि हुनुपर्छ।’ नेविसंघले आफ्नो विधानमा उमेरको हद ३२ वर्ष तोकेकोमा कम्तिमा त्यतिसम्म हुनुपर्ने माग राखी आफूहरुले चरणबद्ध आन्दोलन थालेको थिवारीले बताए। नेविसंघका केन्द्रीय सदस्य सुधिर पटेललगायतको उपस्थितीमा भएको विरोध प्रर्दशनमा सामेल विद्यार्थीले टायर बालेर नाराबाजी गरे। उनीहरुले सिनेटको उक्त निर्णयको प्रतिसमेत जलाए।
उमेरको हदबन्दी तोकिएसँगै बैठकले मिश्रित निर्वाचन प्रणाली अपनाउने र आगामी फागुन १४ गते स्ववियु निर्वाचन गराउने निर्णयसमेत गरेको त्रिविले जनएको छ। यसपछि आगामी फागुन १४ गते स्ववियु निर्वाचन हुने निश्चित जस्तै भएको बेला यता विद्यार्थीहरुले निर्णयको उमेरसम्बन्धी कुरामा विरोध जनाएका छन्। विद्यार्थी सङ्गठनबीच विभिन्न विषयमा विवाद हुँदै आएर प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता हुनसकेको छैन। आठ वर्ष ढिलो भएको छ। नियमित रुपमा भएको भए २०६७ चैतमैं हुनुपर्ने स्ववियु निर्वाचन अहिले हुने भएको हो।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...
कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...
यसमा तपाईको मत